ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा कुनै त्रुटी भेटिएन

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ ।

बुद्धका सिनियर क्वालिटी एसुरेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठका अनुसार उडानका क्रममा ल्यान्डिङ गियरको ‘प्राइमरी इन्डिकेटर’मा समस्या देखिएपनि इन्जिनियरहरुले जाँच गर्दा कुनै त्रुटी भेटेनन् । उनले भने, ‘हामीले सोमबार समस्या देखिएको भनिएको जहाजको पूरै परीक्षण गर्‍यौं । तर केही खराबी नदेखिएपछि ह्यांगरबाट उडानमा फर्कायौं ।’

उनले अगाडि भने, ‘हामीले जहाजलाई ह्यांगरमा ज्याक राखेर उठायौं अनि १०/१२ पटक अन एयरमा जस्तै ल्यान्डिङ गियर (पाङग्रा) झार्‍यौं । बन्द गरी हेर्‍यौं । केही समस्या देखिएन । नर्मल नै देखियो ।’

इन्जिनियरले जहाज ठिक भएको रिर्पोटिङ नियमनकारी संस्था हवाई सुरक्षा विभागलाई गरेपनि उक्त जहाजलाई उडानका लागि अनुमति दिइएको विभागका एक अधिकारीले बताए ।

मंगलबार बिहान साढे १० बजेसम्म उक्त एटीआरले काठमाडौं-सिमरा दुईपटक उडान गरेर फेरि काठमाडौंबाट पोखरा तर्फ लागिसकेको छ । बुद्धले मंगलबार त्यो जहाजबाट नेपालगञ्ज, पोखरा, जनकपुर र भैरहवा गरी ७ वटा उडान तालिका बनाएको छ ।

सोमबारको विराटनगरको उडानमा संलग्न क्याप्टेन आङ गेलु शेर्पा, को-पाइलट अमन अन्सारी र दुई जना एयरहोस्टेसलाई ‘डियुटी अफ’ मा राखिएको छ ।

यसैबीच सोमबार पोखरातर्फ उडेको बुद्धको ‘अल्फा जुलियट अक्सर’ एटीआर पनि उडानमा फर्काइएको छ ।

उक्त विमानमा कार्गो राखिने कम्पार्टमेन्टमा धुँवा देखिएको संकेत ककपिटमा देखिएको थियो । तर इन्जिनियरहरुले जाँच्दा केही समस्या देखिएको श्रेष्ठले बताए । ‘त्यो जहाजको स्मोक डिटेक्टर फल्ट देखाउने कम्पोनेन्ट नै फेर्‍यौं,’ इन्जिनियर श्रेष्ठले भने, ‘त्यहो जहाजमा मा पनि अहिले कुनै समस्या छैन । नर्मल उडान गरिरहेको छ ।’

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…