भारतीय सेनाको माथिल्लो ओहोदामा पुगेपछि नेपालीले नै तल्लो तहका नेपालीलाई हेप्छन्

गुल्मी । भारतीय सेनामा लामो समय काम गरेर अवकाश प्राप्त गरेका नेपाली र तिनका परिवारले विभिन्न समस्या झेल्दै आएका छन् । पेन्सन मिलाउन असुविधा, लडाइँमा मृत्यु भएको अवस्थामा परिवारलाई शव नसुम्पिने जस्ता समस्या समाधान हुन नसकेको उनीहरुको भनाइ छ ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–५ ग्वाघाका ९३ वर्षीय पूर्णबहादुर थापा अवकाशप्राप्त भारतीय सैनिक हुन् । उनले पेन्सन प्राप्त गर्दै आएका छन् । भारतीय सेनामा रहँदा धेरैवटा लडाइँको मोर्चामा सामेल भएको अनुभव छ उनीसँग ।

लडाइँका क्रममा आफूले धेरै साथी गुमाएको उनी बताउँछन् । उनी भन्छन्, ‘सँगै भएका कयौं साथी लडाइँमा मरे, धन्न आफू बाँचियो, अहिले पेन्सन पाइरहेको छु । त्यहाँ भारतीय र नेपालीबीच मात्र नभई नेपाली र नेपालीबीच नै पनि विभेद रहेको उनको भनाइ छ । ‘भारतीय सेनाको अलि माथिल्लो ओहोदामा पुगेपछि नेपालीले नै तल्लो तहका नेपालीलाई हेप्छन्, भारतीयको त झन् के कुरा गर्ने ?’

उतिबेला भारतीय सेनामा भर्ती हुन सजिलो रहेको स्मरण गर्दै उनले गाउँमै आएर मोटाघाटा युवकलाई लैजाने गरेको सुनाए । ‘यहाँ आएर जागिर दिने भन्दै मोटाघाटालाई गाउँबाटै छानेर लैजान्थे,’ उनले भने, ‘उता पुगेपछि बल्ल भारतीय सेनामा भर्ना हुन ल्याइएको रहेछ भनेर थाहा पाइन्थ्यो ।’ उतिबेला गाउँमा खेती किसानीबाहेक अरु काम नरहेको सुनाउँदै उनले भने, ‘जागिर भनेपछि धेरै ठुलो कुरा हुन्थ्यो, जागिर खानका लागि भनेर गाउँमै लिन आएपछि खुशीसाथ गइन्थ्यो ।’

भारतीय सेनामा वर्षौँसम्म ज्यानको बाजी थापेर काम गर्दा पनि पेन्सनका लागि पनि कयौंलाई समस्या हुने गरेको मुसिकोट नगरपालिका–३ का वडा सदस्य शंकर रायमाझी बताउँछन् । उनी भारतीय सेनाको सुबेदार मेजर पदबाट सेवा निवृत्त भएका हुन् ।

‘४ वर्ष भयो उहाँ (दिलकुमारी को पतिको मृत्यु भएको,’ उनले भने, ‘नाम थर फरक परेको भनेर पेन्सन रोक्यो, वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयलेसमेत हकदार उनै हुन् भनेर सिफारिस गर्दा पनि पेन्सन निकासा हुन सकेको छैन ।’

‘त्यो बेला अहिलेकोजस्तो सबै डकुमेन्ट चाहिँदैनथ्यो, कतिपयले त गाउँघरको बोलाउने नामबाटै पनि जागिर खाए,’ उनले भने, ‘बाबुआमाको नाम, पत्नीको नाम पनि कतिपयले गाउँघरमा बोलाउँदा जे भनिन्छ, त्यही नाम टिपाउने गर्थे ।’ यसले गर्दा पेन्सन निकाल्ने बेलामा समस्या देखिएको उनको भनाइ छ ।

‘जब नागरिकताको महत्व बढ्दै गयो, त्यसपछि पेन्सन पाउने बेलामा ठुलो झन्झट र सास्ती खेप्नु परेको छ,’ उनले भने, ‘नागरिकतामा बाबुआमाको नाम मिलेन, पत्नीको नाम मिलेन भनेर पनि कतिपयले पेन्सन रकम पाउन सकेका छैनन् ।’

रायमाझीले आफ्नै छिमेकी दिलकुमारी क्षेत्रीलाई उनको पतिको पेन्सन लिन कठिन भएको उदाहरण पनि सुनाए । भारतीय सेनाका पेन्सनर बलबहादुर क्षेत्रीको मृत्युपछि उनकी पत्नी दिलकुमारीले पतिको पेन्सनमा अधिकार भए पनि पाउन नसकेको उनको भनाइ छ ।

‘४ वर्ष भयो उहाँ (दिलकुमारी को पतिको मृत्यु भएको,’ उनले भने, ‘नाम थर फरक परेको भनेर पेन्सन रोक्यो, वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयलेसमेत हकदार उनै हुन् भनेर सिफारिस गर्दा पनि पेन्सन निकासा हुन सकेको छैन ।’

भारतीय सेनामा नेपालीहरुलाई जहाँ–जहाँ खतरनाक क्षेत्र छ, त्यता–त्यता खटाउने गरेको अनुभव आफूसँग रहेको उनले सुनाए । अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघका केन्द्रीय सदस्यसमेत रहेका उनले भारतीय सेनामा रहेका नेपालीको हक हितका लागि आफूहरुले विभिन्न काम गर्दै आएको बताए ।

अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । लडाइँमा मृत्यु भएका नेपालीहरुको शव नेपालमै पठाउनका लागि आफूहरुले धेरै अघिदेखि माग गरेर विभिन्न निकायमा पत्र पठाए पनि सुनुवाइ नभएको उनले बताए ।

मुसिकोट–३ का वडाध्यक्ष रायमाझीका अनुसार त्यस नगरपालिका– ६ कुर्घाका एक जना भारतीय सैनिकले लडाइँमा वीरगति प्राप्त गरे । उनकी श्रीमतीले पेन्सन आफ्नो नाममा बनाइसकेपछि त्यहीँको अर्को लाहुरेसँग विवाह गरेर गइन् । यता, मृतकका बाबुआमाले भने न छोराको मुख हेर्न पाए, न उसको पेन्सनमै अधिकार पाए ।

‘शव त परिवारले पाउनुपर्ने हो नि,’ उनले भने, ‘शव परिवारको जिम्मा लगाइनुपर्छ भनेर हामीले भन्दै आएका छौं तर अहिलेसम्म सुनुवाइ हुन सकेन ।’

तेश्रो मुलुकमा कामका लागि गएका, भारतमै पनि निजी क्षेत्रमा काम गरेर मृत्युवरण गरेका नेपालीको शव बाकसमा राखेर नेपाल पठाउने गरे पनि भारतीय सेनामा कार्यरत रहँदा मृत्युवरण गरेका नेपालीको शव उनीहरुको परिवारले पाउन नसकेको उनको गुनासो छ ।

गुल्मी कै रेसुङ्गा नगरपालिका–८ खानीगाउँका अवकाशप्राप्त भारतीय सैनिक चन्द्रबहादुर जिसी पनि भारतीय सेनामा नेपालीमाथि ज्यादती हुने गरेको बताउँछन् । ‘नेपालीमाथि भारतीय सेनामा दमन र शोषण नभएको होइन,’ उनले भने, ‘पेन्सन निक्लेपछिको झन्झट र त्यहाँ मृत्यु भएपछि शवलाई परिवारको जिम्मा नलगाउनु दुःखद् कुरा हो ।’

नाम, थरलाई उतिबेला महत्त्व नदिइएका कारण धेरैको त्यस्तो समस्या रहेको उनले सुनाए । ‘नाम थर मिलेन भन्दैमा वडाले र सीडीओ कार्यालयले गरेको सिफारिसलाई समेत बेवास्ता गर्न त भएन नि,’ उनले भने, ‘त्यहाँ पेन्सन नम्बर हुन्छ । हकवाला उही हो भनेर सरकारी निकायले लेखेर दिएको कुरालाई त सजिलै मान्नुपर्ने हो ।’

मुसिकोट–३ का वडाध्यक्ष रायमाझीका अनुसार त्यस नगरपालिका– ६ कुर्घाका एक जना भारतीय सैनिकले लडाइँमा वीरगति प्राप्त गरे । उनकी श्रीमतीले पेन्सन आफ्नो नाममा बनाइसकेपछि त्यहीँको अर्को लाहुरेसँग विवाह गरेर गइन् । यता, मृतकका बाबुआमाले भने न छोराको मुख हेर्न पाए, न उसको पेन्सनमै अधिकार पाए ।

बुहारीले अर्को बिहे गरेर गएको दस्तावेज लगेर भारतीय दूतावासमा कुरा गर्दासमेत अर्को बिहे गरेर गएकी बुहारीलाई नै पेन्सन दिइरहेको उनले बताए ।

अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघका केन्द्रीय अध्यक्ष डा. लक्ष्मीकान्त पाण्डेले पनि भारतीय सेनामा काम गर्दा मृत्यु भएका नेपालीहरुको शव नेपालमै पठाइनुपर्ने माग आफूहरुले लामो समयदेखि गर्दै आए पनि सुनुवाइ नभएको बताए । पेन्सनमा पनि केही व्यवहारिक कठिनाइ देखा पर्ने गरेको उनको भनाइ छ । साभार : रतोपातीडटकम 

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…