नारायणहिटीबाट शासन चलाउने सोच आएपछि श्रीपेच लगाउन खोजें : खेमबहादुर

काठमाडौंको म्हैपी बस्ने खेमबहादुर घर्ती शुक्रबार टिकट लिएर नारायणहिटी संग्रहालयमा प्रवेश गरे । एक्लै संग्रहालयमा छिरेका खेमबहादुर जब श्रीपेच राखेको सोकेश नजिकै पुगे त्यसपछि उनले अस्वभाविक हर्कत गरे । मुक्काले हिर्काएर श्रीपेच राख्ने सोकेस नजिकै रहेको खुकुरी राखेको सिसा फुटाए

। सिसामा हिर्काउँदा उनको हातमा चोट लाग्यो । खुकुरीको सिसामा हिर्काएर श्रीपेचको सोकेशतिर लम्किएपछि त्यहाँ खटिएका नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई नियन्त्रणमा लिएका थिए । सिसा फुटाएपनि उनले खुकुरी निकाल्न पाएनन् ।

पश्चिम रुकुमको मुसिकोट नगरपालिका–११ घर भएका खेमबहादुरलाई अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ । २५ वर्षका खेमबहादुरमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । श्रीपेचको सोकेशमा किन हिर्काउन खोजेको ? भन्ने प्रहरीको प्रश्नमा खेम बहादुरले भनेका छन्–‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ ।’

श्रीपेच लगाएर नारायणहिटीमा बस्ने र शासन चलाउने सोच आएपछि सोकेश फुटाउन खोजेको खेमबहादुरले प्रहरीलाई बताएका छन् । प्रहरीको सम्पर्कमा पुगेका उनका परिवारका सदस्यले उनको मानसिक समस्या रहेको र नियमित औषधी सेवन गरिरहेको बताएका छन् ।

योजनाबद्ध तरिकाले उनले श्रीपेच चलाउन खोजेको नदेखिएको काठमाडौंका एसएसपी अशोक सिंहले भने– ‘आकस्मिक सोचका कारण गलत हर्कत गरेको देखिन्छ, हामी थप अनुसन्धान गर्दैछौं ।’

मानसिक समस्याका कारण आकस्मिक सोचका कारण उनले संग्रहालयमा त्यस्तो व्यवहार देखाएको प्रहरीको निष्कर्ष छ । काठमाडौं प्रहरीले उनीविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड र सार्वजनिक हित विरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…