तीन वर्षदेखि नजरबन्दमा रहेकी हुवावेकी कार्यकारी वानजाउलाई क्यानडाले रिहा गर्यो

काठमाण्डाै । चिनियाँ प्रविधि कम्पनी हुवावेकी कार्यकारी प्रमुख मेङ वानजाउलाई क्यानडाले रिहा गरेको छ । अमेरिकाले ठगीको आरोप लगाउँदै पक्राउ गर्न अनुरोध गरेपछि क्यानडाले सन् २०१८ को डिसेम्बरमा वानजाउलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

तर पुनरावलोकनको निवेदनमा सुनुवाइ गर्दै अमेरिकी अदालतले वानजाउलाई रिहा गरेपछि उहाँ क्यानडाबाट विशेष विमानमार्फत चीन प्रस्थान गरेको बीबीसीले जनाएको छ ।

अमेरिकाको आग्रहमा हुवावेकी कार्यकारीलाई पक्राउ गरेर जेल चलान गरेपछि रुष्ट बनेको चीनले दुई जना क्यानडेली नागरिकलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । तर पछिल्लो समय चीन र क्यानडाका अधिकारीबीच भएको बैठकले विवाद कम गर्दै लैजाने सहमति गरेपछि चीनले पनि क्यानडाका दुई जना नागरिकलाई रिहा गरको छ ।

उनीहरु आजै स्वदेश फर्कनेछन् । हुवावेकी कार्यकारीलाई क्यानडाले पक्राउ गरेको र दुई जना क्यानेडेली नागरिकलाई चीनले पक्राउ परेको विषयले उत्कर्षमा पुगेको अमेरिका, क्यानडा र चीनको सम्बन्धमा अब सुधार आउने अपेक्षा गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…