ता’लिबानको डरले अफगानिस्तानको आकाश नछोई अमेरिका गयो मोदी सवार विमान

अमेरिका भ्रमणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार विमानमा त्यसतर्फ प्रस्थान गरेका छन्। तर उनको विमान अफगानिस्तानको आकाश भएर गएन। सुरक्षाका कारण यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट सीधै अमेरिका उडानका लागि पास्कितानको हवाई मार्ग प्रयोग गरेका हुन्।

अफगानिस्तान क’ब्जा गरेपछि तालिबानले गत अगस्ट १६ देखि आफ्नो हवाई मार्ग (आकाश) मा व्यावसायिक उडान प्रतिबन्ध लगाएको थियो। त्यसपछि भारत सरकारले आफ्ना हवाई सेवा कम्पनीहरूलाई अफगानिस्तानको हवाई मार्ग प्रयोग नगर्न सूचना जारी गरेको थियो।

प्रधानमन्त्री मोदीसँग विशेष विमानमा एनएसआई अजित डोभाल, विदेश सचिव हर्षवर्धन शृंगलासहित सरकारका उच्च अधिकारी अमेरिका गएका छन्। सरकारी स्रोतका अनुसार प्रधानमन्त्री मोदीको उडानका लागि पाकिस्तानको हवाई क्षेत्र प्रयोगका लागि अनुमति मागिएको थियो।

खासमा भारतबाट अमेरिका जाने हवाई रुट पाकिस्तान र अफगानिस्तान भएर जान्छ। यसपछि विमान ताजिकिस्तानको सीमास्थित नर्थ एटलान्टिक महासागरमाथि भएर उड्छ।

प्रधानमन्त्री मोदीको विशेष विमान नयाँ दिल्लीबाट सीधै अमेरिका उड्दा १५ घण्टा लाग्छ। तर अफगानिस्तानको आकाश प्रयोग नगर्दा केही समय बढी लाग्नेछ।

अमेरिकामा आयोजना हुने क्वाड शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी त्यसतर्फ गएका हुन्। त्यहाँ उनले अमेरिकाका राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र जापानका प्रधानमन्त्री योसिहिदे सुगालगायत सँग भेटवार्ता गर्नेछन्।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…