४९ वर्षीय जस्टीन ट्रूडो क्यानडाका प्रधानमन्त्रीमा तेस्रो पटक निर्वाचित

क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रूडो तेस्रो पटक निर्वाचित भएका छन् । गत सोमबार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् ।मतगणना जारी रहेकाले अहिले उनको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उनी र उनको पार्टीको जितसँगै उनी तेस्रो पटक प्रधानमन्त्री बन्नु हुने देखिएको छ ।

निर्वाचनमा उनको दल र उनी फेरि विजयी हुने पूर्वानुमान अनुसार नै उनी विजयी भएका स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । उनी यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री हुँदै आएका थिए । त्यसपछि उनले पछिल्लो ६ बर्षमा अहिलेसम्म तीन पटक आम निर्वाचन जितेका हुन् ।

अहिले ४९ बर्ष भएका ट्रूडोले कुबेक शहरको पापीनोबाट सांसदमा निर्वाचित भएको राज्यद्धारा सञ्चालित प्रसारण संस्था सीबीसीले जनाएको छ । सीबीसी र सीटीभी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका थिए ।

प्रधानमन्त्री ट्रूडोले पनि आफू निर्वाचित भएको जानकारी दिदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरुलाई धन्यवाद दिएका छन् ।

अहिले मतगणना भइरहँदा १४१ ठाउँमा उनको पार्टीको अग्रता रहेको छ भने विपक्षी दल कन्जरभेटिभ ९९ ठाउँमा अगाडि देखिएको छ । क्यानडामा अहिले ३३८ सिटका लागि निर्वाचन भएको हो । बहुमतका लागि कम्तीमा १७० ठाउँमा जित हासिल गर्नुपर्दछ ।

 

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…