माओवादीलाई बास्कोटाको प्रश्न : हिजो बैंक लुटेको पैसा खै ?

पोखरा।  नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले माओवादीले यसअघि कमाएको अवैध सम्पत्तिलाई वैध बनाउन प्रतिस्थापन विधेयक ल्याएको आरोप लगाएका छन् ।

पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले लगानीमा स्रोत देखाउनु नपर्ने व्यवस्था ल्याएर कालोधनलाई सेतो बनाउने प्रयास भएको बताए । ‘केही क्षेत्रमा लगानी गर्दा स्रोत देखाउन नपर्ने भनिएको छ । यस्को तात्पर्य सीधा छ ।

सत्ताका गठबन्धनको कसैको अवैध पैसा छ । त्यो कालोधनलाई सेतो बनाउनुपर्‍यो,’ उनले भने, ‘हामीले प्रश्न उठाउनुपर्ने भयो कि हिजो बैंक लुटेको पैसा कहाँ छ ?’

उनले सबैसँग चन्दा बटुलेर अकुत सम्पत्ति कमाएको आरोप पनि लगाए । ‘किसानसित, कुखुरा र भैंसी व्यापारिसित पनि चन्दा उठाइयो । हिजो माष्टरले तलब बुझ्न पाएनन् ।

जसले तलब बुझ्छ, माओवादी पुगिहाल्थ्यो,’ बास्कोटाले भने, ‘आज माओवादीको अर्थमन्त्री हुँदा यो अवैध सम्पत्तिको श्रोत देखाउनु नपर्ने ? केही मान्छेले अवैध ढंगले कमाएको अकुत सम्पत्तिलाई वैधानिककरण गर्न विधेयकको प्रतिस्थापन विधेयक ल्याएर सुशासन आउँछ ?’ यस्तो व्यवस्थाले देश नै कालोसूचीमा पर्न सक्ने भन्दै उनले विरोध जनाए ।

एमसीसी विवाद माओवादी अध्यक्ष प्रचण्डले गिजोलेको उनको आरोप छ । ‘एमसीसी गिजोलेको प्रचण्डले मात्रै हो । सत्तामा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा गर्छन् । वैदेशिक सहायता मजाकको कुरा हो ?,’ उनी भन्छन्, ‘एमाले सरकार हुँदा संसदमा पेस गर्ने भनेका थियौं । रोकेको सभामुखले होइन ? कुनै पनि देशसँग पुँजी र प्रविधि सहयोग लिन सकिन्छ । तर स्वाधीनता र संविधानमाथि प्रश्न उठ्नु हुँदैन ।’

एमाले विभाजन नभएको दावी गर्दै उनले माधवकुमार नेपाल एमालेको अवैध सन्तान भएको आरोप लगाए । ‘एमाले फुटेको होइन, काँचुली फेरेको हो । हरेक वसन्तमा नयाँ पात पलाउँछ । एमालेबाट केही मान्छे गए, हामीले काँचुली फेर्‍यौं,’ उनले भने, ‘कसैलाई एमालेको नाम सुन्दा नाक छोप्नुपर्ने भएको छ रे । माधव नेपाल त्यसो भए माधव नेपाल अवैध सन्तान हुन् ? आफैलाई जन्माएको बाउआमा नचिन्ने कुपुत्र हुन् ?’ उनले संसद अवरोध कायम रहने पनि स्पष्ट पारे ।

पूर्व सञ्चारमन्त्री समेत रहेका बास्कोटाले मिडियाको घाँटी थिच्नेगरी कुनै पनि कानून स्वीकार्य नभएको सुनाए । ‘मिडिया विना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन,’ उनले भने, ‘तर मिडिया पनि पाठकको कठघरामा उभिनुपर्छ । आँफै करेक्सन हुनुपर्छ ।’

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…