हिमानी शाह छात्रासँगै बेन्चमा बसेर भनिन्, ‘मलाई पनि म्याथ र साइन्स गाह्रो भएको थियो’

पूर्व युवराज्ञी हिमानी शाह आइतबार जनकपुरधाम पुगेकी छिन् । हिमानी ट्रस्टले सोमबार आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । जनकपुरधाम पुगेसँगै उनले आइतबार नै जानकी मन्दिरमा विशेष पूजा आराधना गरेकी छिन् । पूजा आराधनाका लागि विशेष प्रबन्ध मिलाइएको थियो ।

आफ्नो संस्था हिमानी ट्रष्टको तर्फबाट हिमानीले त्यहाँको सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी छिन् । उक्त बोतलमा अशुद्ध पानी राखेपनि पानीमा भएको ब्याक्टेरिया, आरसेनिकलगायतका पदार्थ नष्ट हुने भएकोले बोतलमा राखेपछि पानी पिउन योग्य हुने ट्रस्टको प्रतिनिधि उत्तम निरौलाले बताए ।

यसै क्रममा, हिमानीले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रासँगै बेन्चमा बसेर अन्तरक्रिया गरिन् । साधारणतया सर्वसाधारणसँग खासै कुराकानी नगर्ने हिमानीले भने यसपटक आफूसँगै बसेका तीनजना छात्रासँग पढाइकै विषयमा कुराकानी गरिन् । उनले छात्रालाई पालैपालो ‘कुन विषय मनपर्छ ’ भनेर प्रश्न सोधिन् ।

जवाफमा छात्राले ‘म्याथ र साइन्स’ भने । साथै म्याथ र साइन्स गाह्रो हुने एक छात्राले हिमानीलाई बताइन् । हिमानीले छात्राको कुरामा सहमति जनाउँदै हाँस्दै भनिन्, ‘हो मलाई पनि गाह्रो भएको थियो ।’ विद्यालयका एक प्रतिनिधिले हिमानी समक्ष विद्यालय समयमा छात्राले भोग्नुपरेका विभिन्न समस्याबारे समेत अवगत गराए ।

हिमानीलाई धेरैले मृदुभाषी समेत भन्छन् । उनले कार्यक्रमका बेला गर्ने सम्बोधन तथा भाषणमा पनि धेरैले रुची राख्छन् । हिमानी ट्रष्टको अध्यक्षता गरिरहेकी उनी नेपालका दुर्गम जिल्लामा थुप्रै पटक सहयोग सामग्री लिएर पुग्ने गरेकी छिन् । हिमानी​लाई थुप्रैले बाहिरी र भित्री दुबै रुपमा सुन्दर भएको बताउने गर्छन् । उनको सामाजिक कार्यसँग जोसुकै अवगत छन् । रातोपाटी 

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…