अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट मेक्सिको पुगेका केही व्यक्तिलाई मेक्सिको प्रहरीले फ्र्यांकफर्ट डिपोर्ट गरेको थियो । अन्य केही भने मेक्सिको उड्ने तयारीमा थिए ।

मेक्सिकोबाट डिपोर्ट भएकाहरूलाई भने मस्को फिर्ता पठाउन लागिएको जर्मन सुरक्षा निकायले बताएको जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले जानकारी दिए । विमानस्थलको ट्रान्जिटस्थित प्रहरी सुरक्षा घेरामा रहेकामध्ये एक नेपालीले सुरक्षाका कारण आफ्नो नाम नखुलाइदिन आग्रह गर्दै कान्तिपुरसँग भने, ‘हामी यहाँ ६ दिनदेखि सुरक्षा घेरामा छौं । प्रहरी नियमानुसार अब दुई दिनभन्दा राख्दैन । हामी अझै मेक्सिको जाने आसमा छौं ।’

ती नेपालीका अनुसार आफन्तको विश्वासमा परेर उनीहरूले अमेरिका छिर्नका लागि जनही ३८ लाख रुपैयाँ तिरेका थिए । राजदूत खड्काका अनुसार दूतावासले जर्मनीको सुरक्षा एजेन्सीसँग सम्पर्क गर्दा १८ जना नेपाली आफ्नो नियन्त्रणमा रहेको बताएको छ । पक्राउ परेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा भएकाले शंका लागेर समूहका सबैलाई नियन्त्रणमा लिइएको जर्मन सुरक्षा संस्थाले जानकारी दिएको खड्काले बताए ।

फ्र्यांकफर्ट विमानस्थलमा कार्यरत श्याम खनालका अनुसार १८ जनाबाहेक मेक्सिकोबाट फर्काइएका र मस्कोदेखि मेक्सिको जान उडेका अन्य नेपाली पनि थपिएका छन् । उनका अनुसार विमानस्थलको अर्को टर्मिनलबाट पक्राउ पर्नेको संख्या यकिन भइसकेको छैन ।

अलपत्र परेका अर्का एक नेपालीले आफूहरू नियन्त्रणमा रहेका भए पनि प्रहरीले अन्य केही नगरेको बताएका छन् । ‘हामीलाई प्रहरीले रोकेको त हो । तर पक्राउ गरेको जस्तो छनक दिएको छैन ।

हामी अझै पनि मेक्सिकोको टिकट बनाएर उतै उड्ने पर्खाइमा छौं,’ उनले भने । मोटो रकम तिरेर हिँडेकाले जसरी पनि मेक्सिको गएर अमेरिका छिर्ने आसमा रहेको बताउँदै उनले भने, ‘३८ लाख तिरेर आएको हो । दलालले थाहा पायो भने झन् दुःख दिन सक्छ र आमाबुबाले यो सुन्नुभयो भने चिन्ताले मर्नुहुन्छ ।’

कान्तिपुरसँगको टेलिफोन कुराकानीमा ती नेपालीले आफूहरूमध्ये अधिकांशलाई आले थरका नेपाली दलालले दुई साताअघि काठमाडौंबाट दुबई (यूएई) उडाएका थिए । एक सातासम्म दुबईको एक होटलमा राखिएपछि उनीहरू आफैं टिकट काटेर मस्को (रुस) उडेका थिए । मस्को उड्ने प्रबन्ध भने एक पाकिस्तानी दलालले मिलाइदिएका हुन् ।

मस्कोमा एकरात बसेपछि आफूहरू आफ्नै टिकटमा मेक्सिको उडेका थिए । उनीहरू सबैको जर्मनीको फ्र्यांकफर्टमा ट्रान्जिट परेको थियो । त्यहाँ प्रहरीले जाँचबुझ गर्दा उनीहरू पक्राउ परेका हुन् । केहीको नक्कली भिसा भेटिएका कारण समूहका सबै जनालाई जर्मनीको सुरक्षा निकायले रोकेको हो ।

राजदूत खड्काले आफूहरूसमक्ष आधिकारिक रूपमा उद्धार वा अन्य सहयोगका लागि आग्रह नगरिएको उल्लेख गर्दै भने, ‘कसैले उद्धार गरिदिनुपर्‍यो भन्यो भने दूतावासले पहल गर्ने हो । आधिकारिक रूपमा केही आएको छैन । तर नेपालीहरूलाई यस्तो भयो भन्ने सुनेपछि हामी सुरक्षा निकायको सम्पर्कमा छौं । थप जानकारी लिने प्रयासमा छौं ।’

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…