चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा श्री प्रदान गर्ने घोषणा गरेको हो ।

लामो समयदेखि निडर र निर्भिक भएर पत्रकारिता गरिरहेका शिवाकोटीलाई केही दिनअघिमात्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि सम्मान गरेको थियो ।

उनलाई विभिन्न संघसंस्थाले यसअघि नगदसहित सम्मान गरिसकेका छन् । शिवाकोटीसँगै अन्य पत्रकारहरुलाई पनि विभिन्न मानपदवीसहित सम्मान गर्ने घोषणा गरिएको छ ।

सुप्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरु– तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतीक प्रधान, हरिबहादुर थापा ।

कृतिमय राष्ट्रदीप मानपदवीबाट सम्मानित हुने पत्रकारहरु– ओम शर्मा, गुणराज लुइटेल, महेश्वर दाहाल ।

प्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरु– अजयबाबु शिवाकोटी, बद्री सिग्देल, ऋषि धमला, नेत्रकुमार केसी, मुकुन्द दाहाल, दिलभुषण पाठक, समा थापा, विश्वमणि पोखरेल, कविर राणा, रविन सायमी, रवि मिश्र, अनिता बिन्दू, डा. बालकृष्ण चापागाई, माधव ढुङ्गाना, प्रकृति अधिकारी, गोविन्द धिताल, शालिक सुवेदी र भीष्मराज ओझा, डा. नवराज लम्साल, रीता सापकोटा ।

जनसेवा श्री पदकबाट सम्मानित हुने पत्रकारहरु– भुवन शर्मा, दीपक खरेल, भरतवन्धु थापा, गिरिजाप्रसाद अधिकारी, किसन राई, खगेन्द्र अधिकारी, नारायण अमृत, शेखर कार्की, सुनील महर्जन, रोशन सापकोटा, रेखा भुषाल, विष्णु खड्का, आकांक्षा शाह, वृजकुमार यादव, नरेन्द्र साउद, लीला बराल, भवानी कार्की, राममाया भट्टराई, वृजलाल पासवान, दीपेन्द्र श्रेष्ठ, डम्बरबहादुर अधिकारी ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…