मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो बढ्न थालेको मौसमविद्ले बताएका छन् । दिन र रात बराबरी जस्तै हुने समयमा बिहान र बेलुका चिसो हुने र दिउँसो घाम लागेको बेला गर्मी हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजोआज बिहान र बेलुकाको न्यूनतम तापक्रम पनि केही घटेको छ । हिजो जिरीको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियससम्म झरेको थियो, लुम्लेको १५, जोमसोमको १० दशमलव ५, ताप्लेजुङको १७ डिग्री सेल्सियस, ओखलढुङ्गाको १७ दशमलव २, जुम्लाको १३ दशमलव ८, डडेल्धुराको १५ दशमलव ९ र काठमाण्डौको १९ डिग्री सेल्सियससम्म झरेको थियो । योे केही दिन अगाडिको तुलनामा न्यूनतम तापक्रम केही कम हो ।

अबको केही दिनको न्यूनतम तापक्रम यसकै हाराहारीमा रहने पनि मौसमविद् मानन्धरले जानकारी दिनुभयो । यसैबीच आज वाग्मती, प्रदेश १, २ र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

मौसमी न्यूनचापीय रेखाको प्रभावका कारण यी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना भएको मानन्धरले बताउनुभयो । देशका अरु ठाउँको मौसम भने सामान्यदेखि आंशिक बद्ली भएर सामान्य खालको पानी पर्ने सम्भावना छ । आज दिनभरि नै मौसम पूर्णरुपमा खुल्ने सम्भावना छैन ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…