परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले पनि संशाेधन बिना पारित नहुने बताएका हुन् ।

शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यसअघि शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेको बेलामा एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित गर्नु पर्छ भन्ने कुनै प्रावधान नभएको दावी गरे ।

उनले भने ‘ तर पछि केपी ओली नेतृत्वको सरकारमा प्रतिनिधिसभाबाट पारित गर्नु पर्ने विषय आएपछि मात्रै एमसीसीको विवाद श्रृजना भएको थियो ।’ उनले अगाडी भने ‘ अमेरिकी संसदमा यो एमसीसी इण्डो प्यासिफिक स्ट्रेटजीको अंग हो भन्ने विषय चर्चामा आएपछि विवाद झन चर्कियो ।’

यी गलत विषयहरुलाई संशोधन र परिमार्जन नभएसम्म एमसीसी पारित नहुने उनले दोहर्याए । पैसा र विकास देशलाई चाहिएकाले एमसीसी सम्झौता परिमार्जनपछि प्रतिनिधिसभाबाट पारित गराउन आफूहरु तयार रहेको उनले स्पष्ट पारे ।

उनले असोज ४ सम्ममा सरकारले पूर्णता पाउने पनि बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्राविधिक कारणले सरकारलाई पूर्णता दिन ढिलाई भईरहेको स्वीकार गर्दै अब भने मन्त्रिमण्डल विस्तारमा ढिलाइ नहुने बताएका हुन् ।

उनले सरकारले पूर्णता पाउन नसकेको विषयलाई बहाना बनाएर गठबन्धन दलका सम्बन्धमा भ्रम सिर्जना काम भइरहेको पनि बताए ।

प्रचण्डले भने ‘ प्रतिगामी शक्तिले रोक्न खोज्दा खोज्दै पनि बनेको गठबन्धन संविधानको रक्षा, राष्ट्रको रक्षाका लागि बनेकाले ढुक्क भएर बस्नुस गठबन्धनमा कुनै किसिमको विवाद छैन यो गठबन्धन टुट्दैन ।’

 

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…