फ्रान्सद्वारा पहिलो पटक अमेरिका र अस्ट्रेलियाका राजदूत फिर्ता

काठमाण्डाै । अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौतालाई लिएर फ्रान्स आक्रोशित भएको छ ।

आफ्नो देशसँग भएको सम्झौतालाई तोडेर तीन देशले नयाँ सम्झौता गरेकोमा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । इतिहासमा पहिलो पटक फ्रान्सले अमेरिका र अस्ट्रेलियाका राजदूत फिर्ता बोलाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

यसअघि परमाणु पनडुब्बी निर्माणको लागि फ्रान्सले अस्ट्रेलियासँग सम्झौता गरेको थियो, तर गएको बुधवार अस्ट्रेलियाले फ्रान्ससँगको सम्झौता तोडेर अमेरिका र बेलायतसँग नयाँ सम्झौता गरेको छ ।

तीन देशबीच भएको सम्झौताले आफ्नो देशको अपमान भएको र अर्बौं डलरको सम्झौता तोडिएको भन्दै अस्ट्रेलिया र अमेरिकाका राजदूत फिर्ता बोलाइएको फ्रान्सका विदेशमन्त्री जिन इभसले द्रियानले बताएका बीबीसीले जनाएको छ ।

तीन देशबीचको यो सम्झौतालाई फ्रान्सले अस्वीकार्य रवैयाको संज्ञा दिँदै युरोपमा रहेको इन्डो प्यासिफिक क्षेत्रको महत्त्वलाई कमजोर पार्ने षड्यन्त्रका रुपमा लिएको खबरमा उल्लेख छ । राजदूत फिर्ता बोलाउने फ्रान्सको निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले खेद प्रकट गरेको र यस्ता क्रियाकलापले मतभेद झनै बढाउने बताउनु भएको छ ।

चीनको बढ्दो प्रभाव रोक्न भन्दै अमेरिका बेलायत र अस्ट्रेलिया मिलेर परमाणु पनडुब्बी बनाउने सम्झौता गरेपछि चीनले पनि कडा विरोध जनाएको छ ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…