काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई थाहै भएन : शिल्पा शेट्टी

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत जानकारी प्राप्त गरेको भन्दै उनले प्रहरीसमक्ष के–कस्ता कुरा गरेकी थिइन् भनर जानकारी दिएको छ ।

उक्त सञ्चार माध्यमका अनुसार आफ्नो बयानमा शिल्पा शेट्टीले सन् २०१९ मा कुन्द्राले कम्पनी आर्म्सप्राइम मिडिया जोइन गरेको बताइन् । यो कम्पनी पूनम पाण्डे जस्ता ती नायिकाको उत्तेजक भिडियो अपलोड गर्ने गर्दथ्यो । यसलाई उनीहरुले आफ्नो मर्जीले बनाउने गर्दथे ।

शिल्पाले आफूले आरोपी उमेश कामथलाई चिन्ने बताएकी थिइन् किनभने उनी उनको कम्पनी वियान इन्डस्ट्रिजमा काम गर्दथे । फेब्रुअरीमा जब उनी पक्राउ परेका थिए तब शिल्पाले राजसँग उनीबारे कुरा गरेकी थिइन् ।

स्रोतले बताए अनुसार राजले त्यतिबेला शिल्पालाई कामथ छुट्टै गहना वशिष्ठसँग काम गर्ने र पार्ने भिडियो बनाएर त्यसलाई बेच्ने गरेका कारण उनी पक्राउ परेको बताएका थिए । शिल्पाले आफ्नो बयानमा उनलाई एप्लिकेशन बलीफेमबारे केही पनि थाहा नभएको बताइन् ।

शिल्पाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘वियान इन्डस्ट्रिजमार्फत् हटशट एप बनाइएको थियो भनेर मलाई बल्ल थाहा हुँदैछ र पोर्न भिडियो यसमार्फत् नै बनाइन्थ्यो । जुन प्रदीप बक्शीको कम्पनी केनरिनलाई बेचिएको थियो । म आफ्नो काममा असाध्यै व्यक्त थिएँ र म मेरो श्रीमानलाई के गरिरहेको छौ भनेर सोध्ने बानी पनि थिएन । उनले मलाई आफ्नो कामबारे कहिल्यै केही पनि बताउँदैनथे । मलाई यसबारे केही पनि थाहै छैन । ’

शिल्पा शेट्टीले लण्डनमा बिग ब्रदरको सुटिङ गरिरहेका बेला साथी फारत हुसैनमार्फत् राज कुन्द्रासँग भेट भएको बताइन् । सन् २००९ मा उनीहरुको सम्बन्ध विवाहमा परिणत भएको थियो । त्यतिबेला देखि नै उनीहरु भारतमा बसिरहेका छन् र थुप्रै व्यवसाय गरिरहेका छन् ।

 

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…