आवश्यक प्रक्रिया पूरा गरेर मात्र विद्यालय खोल्ने सरकारको निर्णय

काठमाडौं, भदौ ३० । सरकारले कोरोना भाइरस विरुद्ध विद्यार्थी, शिक्षक तथा अभिभावकलाई आवश्यक अभिमुखिकरण, परीक्षण र स्वास्थ्य उपचारको व्यवस्था मिलाएर मात्र विद्यालय खोल्ने निर्णय गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, सिसिएमसी प्रमुख, शिक्षा मन्त्रालयका सचिव, अभिभावक संघ र प्याप्सनका पदाधिकारीहरुको संयुक्त बैठकले कोरोना परीक्षण र उपचारको व्यवस्था मिलाई विद्यालय सञ्चालन सम्बन्धि कार्यविधि २०७७ अनुसार विद्यालय खोल्न दिने निर्णय गरेको हो ।

स्थानीय निकायले विद्यालय खोल्न चाहे बालबालिकाको स्वास्थ्य र उपचारको व्यवस्था मिलाइ मापदण्ड कडाईका साथ पालना गराउनु पर्ने भएको छ ।

संक्रमणको जोखिम नघटेको र सबैतिर अवस्था फरक फरक रहेका कारण स्थानीय रुपमै संक्रमणलाई मध्यनजर गरेर विद्यालय खोल्न स्वास्थ्य मन्त्रालयले बाटो खोलिदिएको छ । यसअघि शिक्षा मन्त्रालयले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरिसकेको थियो ।

भर्खरै प्रकाशित

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…

नेपालको परराष्ट्र नीति : खतिवडालाई देखेका बाइडेन पनि अब अर्को…

काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा नेपालको कूटनीतिक छवि कमजोर रहेको चर्चा बारम्बार हुने गर्छ । अरुको त के कुरा भूटानी शरणार्थीको सवालमा नै नेपाल भूटानसंग कुटनीतिक…