आईफोन-१३ सार्वजनिक : प्रो म्याक्सको मूल्य १०९९ डलरबाट सुरु

काठमाडौँ । अमेरिकी कम्पनी एप्पलले मंगलबार आइफोन-१३ सिरिजका फोनहरू सार्वजनिक गरेको छ । एप्पलले मंगलबार क्यालिफोर्नियामा आयोजित कार्यक्रमकाबीच आइफोन-१३ का विभिन्न सिरिजका फोनहरु सार्वजनिक गरेको हो ।

आईफोनका यी मोडलमा क्यामेरालाई अझ परिस्कृत बनाइएको छ । यसमा ए १५ बायोनिक चिपको प्रयोग गरिएको छ । आईफोन-१३ को ब्याट्री अन्य मोडलहरुभन्दा धेरै समय टिक्ने कम्पनीले दाबी गरेको छ । आईफोन १३ मिनीको ब्याट्री लाइफ १७ घन्टा, १३ को १९ घन्टा, १३ प्रोको २२ घन्टा र १३ प्रो म्याक्सको २८ घन्टासम्म रहेको कम्पनीले जनाएको छ ।

यो मोडलमा १२० हर्ज प्रमोसन डिस्प्लेका साथै क्यामेरा सिस्टम सबै नयाँ राखिएको छ । यी मोडलमा अल्ट्रा वाइड लेन्स र ३ एक्स अप्टिकल जुम छ । यस्तै, म्याक्रो फोटोग्राफीमा पनि यसमा राखिएको छ । यो फोन विभिन्न ५ वटा रंगमा उपलब्ध छ ।

आईफोन १३ मा अन्य मोडलहरूको तुलनामा केही ठूलो ब्याट्री राखिएको छ । यो मोडलमा सुपर रेटिना एक्सडीआर डिस्पले छ । यसले १ हजार निट्स सम्मको आउटडोर ब्राइटनेस दिन्छ ।

यी मोडलका आईफोन १२८,२५६ र ५१२ जीबीमा उपलब्ध छन् । आईफोन १३ मिनी र १३मा २ एक्स अप्टिकल जुम र १३ प्रो र १३ प्रो म्याक्समा ३एक्स अप्टिकल जुम छ । यो मोडलका आईफोनको अगाडिको क्यारमा १२ एमपी क्यामेरा छन ।

यो फोनहरु सेप्टेम्बर २४ देखि रिलिज हुने छन् । अमेरिका र यूकेमा भने १७ सेप्टेम्बरदेखि प्रि-अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।आईफोन १३ मिनीको मूल्य ६९९ डलर, १३ को ७९९ डलर, १३ प्रोको ९९९ डलर र १३ प्रो म्याक्सको १०९९ डलरबाट सुरु गरिएको छ ।

 

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…