माधव नेपालले वडा सदस्य पनि जित्दैनन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने दाबी गरेका छन्। मंगलबार झापाको विर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधवकुमार नेपालले आगामि चुनावमा वडा सदस्य पनि नजित्ने बताएका हुन्।

उनले नेकपा एमालेलाई सरकाबाट हटाउने काम एमाले भित्रैबाट माधवकुमार नेपालले गरेको बताए। के आधारले माधव नेपाललाई भोट दिने भन्दै उनले १४ महिना पछि भएपनि निर्वाचन हुने र त्यतिवेलै माधव नेपालले आफ्नो हैसियत देख्ने उनको भनाई छ।

‘माधवकुमार नेपालले आगामि चुनावमा आफ्नो हैसियत देख्छन्’ ओलीले भने‘ माधव नेपालले वडा अध्यक्ष त के वडा सदस्य पनि जिददैन्।’ माधव नेपालले कहिलै पार्टी हितमा काम नगरेको ओलीको टिप्पणी छ।

माधवकुमार नेपालले पहिले नेतृत्व लिंदा पनि पार्टीको हितमा काम नगरेको उनले बताए। माधव नेपालले नेतृत्व गर्दा २ सय ४० सिटमा ३३ सिटमा एमालेलाइए झारेको, १६ वर्ष एमालेको नेतृत्व गरेपनि पार्टीको हितमा काम नगरेकै कारण असक्षम भएर पार्टीको महासचिव र प्रधानमन्त्रीबाट राजीनामा दिएको आरोप लगाए। उनले भने ‘माधव नेपालले सँधै पार्टीलाई रसातमै पुर्‍याउन भूमिका खेलेका कारण माधव नेपाल चोइटिएर जाँदैमा पार्टीलाई कुनै असर गर्दैन।’

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…