मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको नियुक्ति खारेज

काठमाडौं । उच्च अदालत जनकपुरले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको नियुक्ति खारेज गरेको छ।पदाधिकारीको नियुक्ति नियमसंगत नरहेको भन्दै उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गर्दै तीन जना पदाधिकारीको नियुक्ती खारेज गरेको हो।

अदालतले प्रतिष्ठानका उपकुलपति डा रामकेबल साह, शिक्षाध्यक्ष डा अंकुर साह र रजिस्ट्रार डा विनोदकुमार यादवको नियुक्ति खारेज गरिदिएको हो। प्रतिष्ठानको ऐन विपरीत उनीहरुको नियुक्ति गरिएको भन्दै उच्च अदालत जनकपुरले तिनैजनाको काम, तलब तथा सुविधामा रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधिश धीरबहादुर चन्दको एकल इजलासमा सुनवाइ गर्दै प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेका नियुक्तिहरु कानूनसम्मत नरहेको भन्दै तत्काल कामकाज, तलब सुविधामा रोक लगाएको छ।

प्रदेश सरकारले प्रदेशभित्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको थियो। प्रतिष्ठानका तिनैजनाको नियुक्ति नियमसंगत नरहेको भन्दै देवानन्द झाले मुख्यमन्त्री लालबाबु राउतलाई विपक्षी बनाई उच्च अदालतमा मुद्दा दायर गरेका थिए।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…