संसद भवनमुनि सुरुङ

काठमाडौं। भारतको राजधानी दिल्लीमा संसद भवनमुनि सुरुङ भेटिएको छ । दिल्लीको विधानसभा भवनमुनि बिहीबार सुरुङ भेटिएको बताउँदै विधानसभा अध्यक्ष रामनिवास गोयलले यो सुरुङले विधानसभालाई लालकिल्लासँग जोड्ने बताए ।

उनका अनुसार भारतका ब्रिटिसविरुद्ध क्रान्तिका बेला स्वतन्त्रता सेनानीहरुको आवतजावतको समयमा यो सुरुङ अंग्रेजहरुले प्रयोग गर्थे ताकि बाहिर निस्किएर जनताको आक्रोशको सामना गर्नु नपरोस् ।

विधानसभा अध्यक्ष गोयलले समाचार एजेन्सी एएनआइसँग भने ‘जब म १९९३ मा विधायक बनें त्यतिबेला यहाँ भएको एउटा सुरुङबारे हल्ला चलेको थियो जुन लाल किल्लासम्म जान्छ ।

मैले यसको इतिहास पनि खोज्ने कोसिस गरेको थिएँ तर यसबारे कुनै स्पष्टता थिएन । अब हामीले सुरुङको मुख भेटेका छौं तर हामीले यसलाई अगाडि खनेका छैनौं किनकि मेट्रो परियोजनाहरु र सीवर स्थापनाका कारण सुरुङका सबै बाटा नष्ट भएका छन् ।’

अध्यक्ष गोयलका अनुसार अहिले जुन भवनमा दिल्ली विधानसभा छ त्यो भवनलाई १९१२ मा कोलकाताबाट दिल्ली राजधानी सारिएपछि केन्द्रीय विधानसभाको रुपमा प्रयोग गरिएको थियो । पछि यो भवनलाई १९२६ मा एक अदालतमा परिवर्तन गरियो । त्यतिबेला अंग्रेजहरुले स्वतन्त्रता सेनानीहरुलाई अदालत ल्याउन यो सुरुङको प्रयोग गर्थे ।

भर्खरै प्रकाशित

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…