सदगुरुले भने नेपाल एसियाको स्वीट्जरल्याण्ड हो

२० भदौ, काठमाडौं । भारतीय प्रख्यात योगगुरु सदगुरुले नेपाललाई ‘एसियाको स्वीट्जरल्याण्ड’ को उपमा दिएका छन् ।

नेपाली भूभाग लिमि भ्याली हुँदै कैलाश मानसरोवर यात्रामा निस्केका उनी सोही पथबाटै फिर्ता भई काठमाडौं आइपुगेका छन् । सो क्रममा उनले शनिबार नेपाल पर्यटन बोर्डले राखेको एक अनौपचारिक कार्यक्रममा भाग लिए । सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले स्वागत गरे ।

कार्यक्रममा सदगुरुले नेपाल एसियाको स्वीट्जरल्याण्ड भएको बताएका हुन् । ‘नेचर, कल्चर, एडभेन्चर, यहाँ नभएको के छ ? आवश्यक छ त केवल यसको व्यवस्थापन र यसैबाट समृद्धिको यात्रा तय गर्ने चिन्तन,’ उनले भने, ‘त्यो चिन्तन उजागर हँुदाको दिन नेपालको समृद्धिलाई कसैले रोक्न सक्दैन ।’

सदगुरुले नेपालको समृद्धि पर्यटनबाटै सम्भव भएको बताए । उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र स्वर्ग नै यही रहेको बताउँदै भने, ‘नेपाल विश्वका अन्य देश जस्तो होइन, यो भूमिमा अलौलिक आनन्द प्राप्त हुन्छ ।’

उनले यहाँको मौलिकतालाई जर्गेना गर्दै पर्यटन विकास गर्न सुझाव दिए । योजनाबद्ध विकासविना दिगो विकास सम्भव नभएको भन्दै उनले नेपालका मौलिक कला र संस्कृतिको संरक्षण गर्दै योजनावद्ध विकासमा लैजान समेत पर्यटन बोर्डलाई सुझाव दिएका छन् ।

उक्त अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिड बीच सदगुरुको नेपाल भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

उनले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक समानताका कारण नेपाल र भारतबीच सहकार्य गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने उनको भनाइ छ ।

उनले नेपालमा धार्मिक आध्यात्मिक पर्यटन प्रवद्र्धन लागि सदगुरुहरुसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको समेत बताए । खप्तड जस्ता ठाउँमा सदगुरुलाई योगा तथा मेडिटेशनका लागि काम गर्न समेत आव्हन गरे ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…