पराजयपछि प्रशिक्षक अल्मुताइरीको जवाफ : नतिजा बिर्सिनुस्, तपाईंलाई खेल मन परेन ?

काठमाडौं । नेपालले भारतसित दोस्रो मैत्रिपूर्ण म्याचमा २-१ को पराजय स्वीकार्न वाध्य भए पनि नेपाली टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सन्तुष्ट देखिएका छन् । उनले पहिलोभन्दा दोस्रो म्याचमा नेपालले सुधार गरेको बताए ।

खेलपछि पत्रकारहरुसँग कुरा गर्दै अल्मुताइरीले नेपालले राम्रो खेलेको तर मौकाको सदुपयोग गर्न नसकेको प्रतिक्रिया दिए । आफू टोलीसँग खुशी र गौरवान्वित बनेको समेत उनको भनाइ थियो ।

अल्मुताइरीले भने, ‘मैले खेलाडीलाई हारसँग नडराउ भनेर मैदानमा पठाएको थिएँ । भारतले पहिलो हाफमा पाँच फरवार्ड खेलाएको थियो । र, खेलको सुरुवातदेखि हामीमाथि आक्रमण गर्ने योजनामा थियो । हामी चाहिँ दोस्रो हाफको प्रतिक्षामा थियौं ।’

दोस्रो गोल खाएपछि नेपाल खेलमा फर्किएको उनले बताए । ‘मसँग २५ गोर्खाली छन् , इन्साअल्लाह हामी साफमा ब्रेक गर्न सक्छौं । फिनिसिङमा समस्या छ । तर हामी सुधार्ने प्रयास गर्नेछौं । नतिजा बिर्सिनुस्, तपाईंलाई खेल मन परेन ?’

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…