एमालेलाई विश्वासको मत नदिने नांगिएर जान्छ : ईश्वर पोखरेल

मोरङ । एमाले महासचिव ईश्वर पोखरेलले प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य र वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाबाट विश्वासको मत पाउने दाबी गरेका छन् ।

‘एमालेले विश्वासको मत प्राप्त गर्छ, गर्न सक्छ र गर्नुपर्छ,’ विराटनगरमा आइतबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘जसले विश्वासको मत दिँदैन, ऊ नांगिएर जान्छ ।’

प्रदेश १ मा एमालेका १० प्रदेश सांसद नेकपा (एस) मा गएपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । ९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमाले ५१ प्रदेश सांसदबाट ४१ जनामा खुम्चिएको हो ।

यस्तै १ सय ९ सदस्यीय वाग्मती प्रदेशसभामा ५६ सदस्यसहित एकल बहुमत रहेको एमालेका १३ सांसदले नेकपा (एस) रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा छिन् ।

अर्को प्रसंगमा महासचिव पोखरेलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा प्रस्तुत हुने बताए । ‘एउटा प्रक्रियामा एमसीसीको प्रस्ताव सदनमा रहेको छ तर यसअघि सभामुखज्यूले के भनेर रोक्नुभएको थियो र अहिले के भनेर सदनमा प्रस्तुत गर्नुहुन्छ, हेरौं,’ उनले भने, ‘सभामुखज्यूले सदनमा एमसीसी प्रस्तुत गरेपछि एमालेले दृष्टिकोण बनाउँछ ।’

पोखरेलले पार्टीको केन्द्रीय कार्ययोजनाअनुसार ७७ वटै जिल्लामा कार्यकर्ताको भेला गर्ने र पार्टीभित्रको असमझदारीलाई हटाएर एकताबद्ध बनाई अगााडि बढ्ने बताए ।

भर्खरै प्रकाशित

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…