नेपालको आकाशमा भारतीय हेलिकप्टर उड्नु पनि ओली सरकार नै दोषी : रामकुमारी झाँक्री

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीले नेपालको आकाशमा भारतीय हेलिकप्टर उड्नुमा यो सरकार दोषी नभएको बताएकी छन्।

सुनसरी सदरमुकाम इनरुवामा शनिबार आयोजित पार्टीको प्रथम नगर कमिटी भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताएकी हुन्। ‘नेपाली आकाशमा भारतीय हेलिकोप्टर उड्नुमा अहिले सरकार होइन, खड्ग ओली दोषी छन्’, उनले भनिन्, ‘हाम्रा सुरक्षाकर्मीका ब्यारेकमाथि छिमेकी (भारत) का गस्ती बढिरहेका छन्।

यो आजको सरकारका कारण होइन, खड्ग ओलीको सरकारले छिमेकीप्रति सही कुटनीतिक व्यवहार गर्न नसकेको परिणाम हो।’नेतृ झाँक्रीले एमसीसी पास गर्न मरिहत्ते गरेका एमाले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले त्यसकै विरोधमा उत्रिनु हाँस्यास्पद कुरा भएको बताएकी छन्। ‘खड्ग ओली हिजो एमसीसी पास गर्न कन्दनी कसेर लागिरहेका थिए,’ उनले भनिन्, ‘उनै फेरि

आज एमसीसीको किन विरोध गर्दैछन्?’ महाकाली सन्धिमा राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफू अनुकूल ब्याख्या गरेकाले नयाँ पार्टी गठन गर्नु परेको तर्क उनले गरिन् । २०५३ सालमा महाकाली सन्धिलाई एमसीसी भन्दा ठूलो राष्ट्रघातको संज्ञा उनले दिइन्। झाँक्रीले महाकाली सन्धि हुँदा भीम रावल र केपी ओलीको पोजिसनबारे पनि प्रश्न उठाएकी छन्।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…