‘अकाउन्टेन्ट’ नै राखेर अपार्टमेन्टमा यौ’नधन्दा ! अपार्टमेन्टमा पुग्दा प्रहरी नै चकित

काठमाडौं । प्रहरी नै ग्राहक बनेर ललितपुर महानगरपालिकाको कासाबेल अपार्टमेन्टको ५ औं तल्लामापुगेपछि बाहिरिएको घ’टना हो यो । अपार्टमेन्टमा पुग्दा प्रहरी नै चकित पर्ने कस्तो छ त यो घट्ना ?

प्रहरी ग्राहक बनेर अपार्टमेन्टमा पुगेपछि जब उनीहरुले प्रहरी ग्राहक नभएको थाहा पाएपछि उनीहरु तित्तरवित्तर भए । अपार्टमेन्ट ग्राहक बोलाउने र धन्दा चलाउने कार्यालय बनाएको भेटियो ।

कोठाभित्र छिर्दा रक्सिका बोत्तल, अस्थायी साधन र लुगा छरपस्ट थिए । प्रहरी भएको थाहा पाएपछि सबैले आफ्नो परिचय लुकाउन नातेदार भएको बहाना बनाए ।

प्रहरीका अनुसार उनीहरुले अपार्टमेन्टमा यौ’नधन्दा मात्र चलाएका थिएनन्, कमाएको पैसा मिटरब्याजमा लगाउने गरेका रहेछन् । यसका साथै उनीहरु मानव बे’चबिखनमा समेत सं’लग्न रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

यौ’नधन्दामा संलग्नलाई प्रहरीले प’क्राउ गर्न सफल भए पनि मानव बेचविखनमा संलग्नलाई प’क्राउ पूर्जी जारी गरेर खोजी भइरहेको प्रहरी जनाएको छ ।

अ’त्याधुनिक प्रविधिबाट बनाइएको ढोकाबाट भित्र छिर्नु र बाहिरिनुअघि त्यहाँ सुरक्षित पासवर्ड जडान गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ढोकाबाट भित्र ल्याउने र बाहिर लैजान काम ग्राहक बनेर गएको महिलाले नै सम्हालेकी रहेछिन् ।

त्यसो त, प्रहरीले अकाउन्टेन्ट (लेखापाल)लाई राखेर हिसाबकिताव मिलान गर्न लगाएको पनि भेटिएको जनाएको छ । हालसम्म अपार्टमेन्टमा कति ग्राहक लगिन्थ्यो ? आउँथे ? भन्नेबारेमा प्रहरीले अनुसन्धानमा फेला पारेको जनाएको छ ।

अकाउन्टेन्टको फायलअनुसार ३ वटा छुट्टाछुट्टै बुकिङ गरिएको फायल भेटिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार एकजना ग्राहक यौ’न सम्पर्कबापत् ३ हजारदेखि १५ हजारसम्म लिने र कमिसन बापत् ल्याउनेलाई २५ प्रतिशत दिने गरिएको रहेछ ।

अपार्टमेन्टको ढोका नै पुग्न ६ महिना लागेको प्रहरीले भदौ १ गते ७ जनालाई प’क्राउ गरिसकेको छ । हाल हिरासतमा रहेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प’क्राउ पर्नेहरुमा हेटौँडाकी ४२ वर्षीया गीता खड्गी, झापाका ५० वर्षीय राजेश अग्रवाल, रुकुमकी २३ वर्षीया ललिता बिक, बर्दियाकी २९ वर्षीय सुनिल विष्ट, काठमाडौं बालाजुकी क्रिष्टिना केसी, सिन्धुपाल्चोककी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौतीका ३३ वर्षीय प्रतीक कर्माचार्य रहेका छन् । तस्विर : प्रतिनिधात्मक/गुगल 

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…