छाता ओढेर पढाइ हुने विद्यालय खुल्यो

सन्तोष शर्मा, रोल्पा । आइतबारदेखि रोल्पाको रुन्टीगढी गाउँपालिकाभित्रका सबै विद्यालयहरु सचालनमा आउन थालेका छन ।

वर्षायाममा छाता ओढेर पढाइ हुने नामले परिचित गाउँपालिकाको वडा नं १ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी भने अध्ययनबाट बञ्चित हुने भएका छन । बर्षातकाकारण विद्यालयको १० कोठे कच्ची दुईतले भवन भत्किएकाले पठनपाठनमा पूर्णरुपमा प्रभावित हुने भएको हो ।

विद्यालय भवनको दुर्दशा देखेर पनि गाउँपालिकाले चासो नदेखाएको स्थानीय अभिभावकहरुले गुनासो गरेका छन ।
गत भदौ ३ गते भत्किएको भवनका विषयमा विद्यालयले गाउँपालिकालाई पत्राचार गरी जानकारी गराएपनि हालसम्म कुनै प्रतिक्रिया नआएको विद्यालयका प्रधानाध्यापक झक्कु वलीले बताए ।

उनले भने,“यो भवनमात्र होइन अन्य भवनका धेरैजसो कोठाहरु पनि चर्केको अवस्थामा छन, यस्तो चर्केका कोठामा राखेर कसरी पढाउने ? अहिले त हामी विद्यालय खोल्न सक्ने अवस्थामै छैनौँ, तत्काल अस्थायी टहरा वनाउने हो त्यो पनि कसरी गर्ने ठेगान छैन ।”

उनकाअनुसार विद्यालयको अवस्थावारे लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास मन्त्रालयसम्म आफैँ पुगेर जानकारी गराउँदा माध्यमिक तहसम्मको शिक्षा क्षेत्रको जिम्मा स्थानीय तहलाई प्रदान गरिएकाले केहि गर्न नसक्ने जवाफ मन्त्रालयले दिएको छ तर स्थानीय सरकारले भने अझैसम्मपनि त्यस्का विषयमा कुनै चासो दिएको छैन ।

“विद्यालयको गतिलो भवन नहुँदा शिक्षक, विधार्थी र अभिभावक सवै क्रसीत त थियौँ नै ।” गुनासो पोख्दै विधालयव्यवस्थापन समितीका अध्यक्ष जङ्ग वहादुर वलीले भने “तर चुहीने छानोमा छाता ओडेर समेत पढ्न नपाउने भए अव विद्यार्थीहरु ।

अव कहाँ वसाउने ? बन्दै गरेको ४ कोठे भवन छ त्यो भैहाल्यो भने पनि १० कक्षा सम्मको पढाइ कसरी गर्ने ? ।” वि.स २०२२ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले ३ सय ३५ जना विद्यार्थीहरु भर्ना भएका छन ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…