हाम्रो आर्थिक भविष्य चीनको हातमा छ: ता’लिबान

ता’लिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा रहेको बताएका छन्। उनले चीनसँग यु’द्धग्रस्त देशको पुनर्निर्माण गर्न मदत मागेका छन्।

इतालवी प्रकाशन ला रिपब्लिकामा शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा मुजाहिदले भने, ‘चीन हाम्रो सबैभन्दा राम्रो साझेदार मुलुक हो। हाम्रो लागि त्यो मौका दिइरहेको छ। चीन अफगानिस्तानमा लगानी र निर्माणका लागि तयार छ।’

३१ अगस्टसम्म अफगानिस्तानबाट सबै विदेशी सैनिक बाहिरीसकेका छन्। यसैबीच ता’लिबानले सरकार निर्माण प्रक्रिया पनि अगाडि बढाई रहेको छ। अफगानिस्तान पछिल्लो समय आर्थिक र खाद्य संकटको सामना गरिरहेको छ।

मुनाहिदले चीनको न्यू सिल्क रोडबाट अफगानिस्तानको फाइदा हुने बताए। उनले भने, ‘न्यू सिल्क रोड वा वान बेल्ट–वन रोडबाट चीन, अफ्रीका, एशिया र यूरोपलाई जोडिने छ। जसबाट नेटवर्क पोर्ट्स , रेलवे, रोड र इन्डस्ट्रियल पार्क निर्माण गरिने छ।’

अफगानिस्तानमा तामाको पर्याप्त भण्डारण रहेको छ। जसको उत्खनन गरेर चीन निर्यात गर्न सक्ने प्रवक्ताको भनाइ छ।

फरक प्रसंगमा ता’लिबानका प्रवक्ता मुजाहिदलले महिलालाई विश्वविद्यालय जाने अनुमति दिने बताए। नर्स र प्रहरी सेवामा समेत महिलालाई काम गर्ने अनुमति दिने भनेका मुजाहिदले मन्त्रालय भने नदिने बताए।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…