भारतमा गाईलाई राष्ट्रिय पशु घोषणा गरेर गौरक्षा गर्न अदालतको सुझाव

काठमाडौं। भारतको इलाहाबाद उच्च अदालतले गाईको रक्षाको विषयलाई कुनै पनि धर्मसँग जोड्नु जरुरी नभएको बताउँदै गाईलाई राष्ट्रिय पशु घोषणा गर्नुपर्ने बताएको छ ।

अदालतले भारतको केन्द्र सरकारलाई यस विषयम विचार गर्न भनेको छ । बुधबार जावेद नामका एक व्यक्तिको याचिका खारेज गर्दै अदालतले यस्तो टिप्पणी गरेको हो ।

जावेदलाई गोहत्या अधिनियमको धारा ३, ५ र ८ अन्तर्गतका आरोप लगाइएको छ । अदालतले उनको याचिका खारेज गर्दै गौरक्षा केवल एक धर्मको जिम्मेवारी नभएको बताएको छ ।

गाई देशको संस्कृति भएको बताउँदै अदालतले गाईको रक्षा जोकोहीको जिम्मेवारी भएको बताएको छ । न्यायाधीश शेखर कुमारले फैसला सुनाउँदै केन्द्र सरकारले सदनमा गाईलाई कूल अधिकार दिने गरी नयाँ कानुनको प्रस्ताव ल्याउनुपर्ने बताए ।

न्यायाधीशले भने ‘गाईलाई राष्ट्रिय पशु घोषित गर्ने समय आएको छ । जसले पनि गाईलाइ दुःख दिन्छ, गाईलाई नोक्सानी पुर्याउने प्रयास गर्छन् उनीहरुविरुद्ध कडा कारवाही हुनुपर्छ ।’

उनले जबसम्म देशमा गाईहरुलाई सुरक्षित गरिँदैन तबसम्म देशको प्रगति पनि अधुरो रहने बताए । गाई हत्याको आरोपमा थुनामा रहेका जावेदले आफूलाई धरौटीमा छाड्न माग गर्दै दायर गरेको याचिका खारेज गर्दै अदालतले यस्तो टिप्पणी गरेको हो ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…