फिल्म छायांकनका लागि नेपाल आउँदै अमिताभ बच्चन

काठमाडौं। नेपालमा बेलाबेला हलिउड-बलिउड फिल्मकाे छायांकन भइरहेकाे हुन्छ। पछिल्लो समय नेपालमा छायांकन भएको हलिउड फिल्म ‘एभरेष्ट’ हो।

त्यसअघि बलिउड फिल्म ‘बेबी’ र हलिउड फिल्म ‘डाक्टर स्ट्रेन्ज’लाई नेपालसँग कथा जोडेर छायांकन गरिएको थियाे। नेपालमा ‘वेब सिरिज’को छायांकन हुने क्रम पनि बढ्दो छ।

यसैबीच नेपालमा फिल्म छायांकन गर्न बलिउड अभिनेता अमिताभ बच्चन आउने भएका छन्। भारतीय मिडियामा उल्लेख भए अनुसार उनी ‘उचाईँ’ फिल्मको छायांकनका लागि नेपाल आउन लागेका हुन्। पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले याे फिल्मकाे निर्देशन गर्ने छन्।

मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर , बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ । राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् ।

कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन्।

 

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…