अब सरकारले बैंक राखिएको धितोबाट पनि राजस्व उठाइने

जनकपुर । आन्तरिक राजस्वको सीमित स्रोतमै अल्झिएको प्रदेश २ सरकारले राजस्वको दायरा बढाएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण लिन राखिने धितोबाट पनि प्रदेश सरकारले राजस्व संकलन गर्ने निर्णय गरेको छ ।

प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयको सोमबार कार्यभार सम्हालेपछि मन्त्री शैलेन्द्र साहले बैंक तथा वित्तीय संस्थाबाट लिइने ऋणका लागि राखिने धितो मूल्याकंनको समेत राजस्व असुल गर्ने टिप्पणीमा हस्ताक्षर गरेका छन् । संघीय सरकारको परिपत्रअनुसार नै प्रदेश सरकारले बैंक तथा वित्तीय संस्थाबाट धितो मूल्यांकनको राजस्व असुली गर्ने निर्णय गरेको हो ।

‘प्रदेश २ सरकारले राजस्व संकलनको एउटा नयाँ क्षेत्र पहिचान गरेको छ,’ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशिराज दाहालले भने,‘बैंक तथा वित्तीय संस्थाबाट ऋण वृद्धि गर्दा थप्नुपर्ने धितो मूल्यांकनको समेत राजस्व लिने र पहिले राखिएको धितो मूल्यांकनको राजस्व फिर्ता गर्ने नीतिगत निर्णय गरिएको छ ।’

ऋण बढोत्तरी हुँदा धित्तो मूल्यांकनको रकमबाट थप राजस्व असुल हुने हुँदा प्रदेश सरकारको सञ्चित कोषमा बढोत्तरी हुने उनको भनाइ छ । ‘चालु आर्थिक वर्षका लागि गरिएको यो निर्णयबाट सेवाग्राहीलाई अघिल्लोपटक ऋण लिंदा धित्तो मूल्यांकनबापतको राजस्व रकम फिर्ता हुनेछ,’ उनले भने ।

प्रदेश सरकारको सञ्चित कोषमा करिब ६ अर्ब रुपैयाँ छ । यो रकम विभिन्न तहका सरकारबीच राजस्व बाँडफाँट हुँदा प्राप्त रकम र प्रदेशको आन्तरिक राजस्वको रकम हो । अघिल्ला वर्षहरूमा प्रदेश सरकारले खर्च गर्न नसक्दा प्रदेश सञ्चित कोषमा रकम वृद्धि भएको थियो ।

तर गत आर्थिक वर्ष ०७७/७८ मा ६८ प्रतिशत रकम खर्च भएकाले सञ्चित रकम घटेको सचिव दाहालले बताए । प्रदेश सरकारले यातायात, मालपोत, व्यवसाय दर्ता, दण्ड–जरिवाना र प्रशासनिक दस्तुरबाट वार्षिक ३ अर्बदेखि ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्दै आएको छ ।

‘वित्तीय अनुशासनमा दृढ’

मन्त्री साहले वित्तीय व्यवस्थापनमा अनुशासन र जवाफदेहिता आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । उनले सुशासन र प्रादेशिक समृद्धिको औजारको रूपमा वित्तीय व्यवस्थापनमा अनुशासन र जवाफदेहितालाई लागू गर्न आफू दृढ रहेको बताए ।

‘सार्वजनिक खर्च र वित्तीय जवाफदेहिताका आधारहरूलाई कडाइका साथ लागू गरिनेछ,’ पदभार सम्हालेपछि मन्त्री साहले भने, ‘यसका लागि प्रदेश सरकारका इकाइहरूको कार्यक्षमता अभिवृद्धिमा मेरो जोड रहनेछ ।’

‘लकडाउनले प्रदेशका थला परेका क्षेत्रलाई पुनर्जीवन र निरन्तरता दिन स्रोत, पहल र समय खर्चेर नतिजामुखी काम गर्नेछु,’ उनले भने । उनले प्रदेशको अर्थतन्त्र कृषि योजनाको कार्यान्वयनबाट मात्र सम्भव रहेको बताए ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…