चीनले सीमा नमिचेको भन्नेहरुलाई हेलिकोप्टरमा लगेर देखाइदिने काँग्रेस नेताको चुनौती

१८ भदौ, काठमाडौं। हुम्लाका प्रदेश सभा सांसद समेत रहेका नेपाली काँग्रेसका नेता जीवनबहादुर शाहीले चीनले नेपालको सीमा मिचेको ठोकुवा गरेका छन् । सीमा मिचेको आफ्नै आँखाले समेत देखेको भन्दै प्राविधिकहरुबाट अध्ययन गर्दा अझ प्रष्ट हुने ठाकुवा गरे ।

चीन रिसाउँछ की भन्ने नाममा आफ्नो भूमि मिचिदा पनि मिचिएको छैन भन्नेहरुलाई स्थलगत अवलोकन गरेर मात्रै निश्कर्ष निकाल्न सुझाव पनि दिए । चीनले भूमि मिचेको छैन भनेर दावी गर्ने नेताहरुलाई आफ्नै खर्चमा हेलिकोप्टरमा सिमा क्षेत्रमा लैजान तयार रहेको पनि बताए ।

विगतमा आफैले बाटो बनाएको, भोगचलन गरेको र सिमाना वारी नै रहेको ठाउँमा अहिले चीनबाट अतिक्रमण भएको उनको भनाई थियो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले भने, “चीनले नेपाली भूभाग मिचेको मैले नांगो आँखाले देखेको छु, त्यसका बारेमा निश्पक्ष छानविन गर्न मैले माग गर्दै आएको छ ।”

उनले आफ्नो लगातारको मागपछि सरकारले उच्चस्तरीय छानविन समिति बनाएकोमा धन्यवाद दिदै यसले विवाद अन्त्य गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

“चीनले सिमाना मिचिरहने, हामी चुप लागेर सहीरहने हो भने कहिले पनि समस्याको समाधान हुदैन, विवाद झन बल्झीदै जान्छ र दुई देशबीचको सम्वन्ध थप बिग्रिन्छ,” नेता शाहीले भने। स्थगलगत अवलोकन नगरी काठमाडौमा बसेर चीनले सिमाना नमिचेको दावी गर्नेहरुलाई उनले स्थलगत अवलोकन गर्न आग्रह पनि गरे।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…