तालिमका लागि इजरायल पुगेका १० नेपाली उतै फरार, जान लागेका हजार श्रमिकलाई असर पर्नसक्ने

काठमाडौं । तालिम तथा अध्ययनका लागि इजरायल पुगेकामध्ये १० नेपाली उतै फरार भएका छन् । इजरायलको तेल अविवस्थित नेपाली दूतावासले विज्ञप्तीमार्फत सो को बारे जनाकारी गराएको हो ।

फरार ती नेपाली इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (एमएएसएचएभी)द्वारा सञ्चालित ‘लर्न एण्ड अर्न’ अन्तर्गत नेपालको साना किसान विकास बैंकबाट छनौट भई विभिन्न ५ वटा कृषि केन्द्रमा गएका हुन् । तिनीहरु ११ महिना अवधिको तालिम/अध्ययनका लागि ईजरायल जाने विद्यार्थीहरुमध्येका नेपालीहरु सम्पर्कविहिन भएका हुन् ।

देशको प्रतिष्ठालाई तिलाञ्जली दिँदै व्यक्तिगत स्वार्थ र लाभका लागि गैरकानुनी हिसाबले लुकिछिपी बस्ने कार्य गरेको भन्दै दूतावासले २–४ जनाको वदमासीले गर्दा वार्षिक ५ सय जनाको ढोका बन्द हुनसक्ने बताएको छ ।

त्यस्तै, दूतावासले ५ सय संख्यालाई बढाएर वार्षिक १ हजार पुर्याउने प्रयास भइरहेकोमा नेपालीहरुको यस्ता अवैधानिक क्रियाकलापले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने जनाएको छ ।

दूतावासका अनुसार ‘सेडोट नेगेभ एग्रिकल्चर ट्रेनिङ सेन्टर’ बाट ४ जना, ‘द एक्सटर्नल स्टडिज इन्टिच्युट’ बाट २ जना, किन्नेरेटस्थित कलेजबाट २ जना, ‘अराभ इन्टरनेशनल सेन्टर फर एग्रिकलचर ट्रेनिङ सेन्टर’ बाट २ जना गरी जम्मा १० नेपाली सम्पर्कविहीन छन् । उनीहरू इजरायलको विभिन्न ट्रेनिङ सेन्टरमा अध्ययन तथा तालिममा संलग्न थिए ।

विज्ञप्तीमा भनिएको छ, ‘विद्यार्थीबाहेक रोजगारीका सिलसिलामा आएका/ल्याइएका अन्य केही पनि सम्पर्कविहिन भएको पाइएको छ । उनीहरु सबैको खोजी भइरहेको छ भने केहीको पत्तो लागिसकेको छ । प्रहरीको सहयोगमा पक्राउ गरी उनीहरुलाई यथाशक्य छिटो नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ ।’

साथै, दूतावासले सम्पर्कविहिन विद्यार्थीलगायत अन्य नेपालीहरुलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको छ । अन्यथा आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…