सरकारले दार्चुला घटना थामथुम पार्न खोज्यो : एमाले

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले दार्चुला घटनाबारे छानविन समितिको प्रतिवेदन अपष्ट भएको बताएको छ । सरकारले घटनालाई थामथुम पार्न र जनताको ध्यान अन्यन्त्र मोड्न खोजेको आशंका बढेको उसले बताएको छ ।

गत साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइनको तार फुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेका थिए । घटनाबारे छानविन गर्न बनेको समितिले बुझाएको प्रतिवेदनमा एसएसबीको उपस्थितिमा घटना भएको भनिएको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतिवेदन अस्पष्ट रहेको र सरकार घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको बताएका छन् ।

‘आफ्ना नागरिक वेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान मोड्न खोजेको आशंका पैदा भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले बुधबार मात्र हुम्लामा चीनसँग देखिएको सीमा विवादबारे अध्ययन गर्न टोली बनाएको छ । एमालेले त्यसतर्फ संकेत गर्दै जनताको ध्यान मोड्न खोजेको आशंका गरेको हो ।

सरकारले लाचारी देखाएको भन्दै खेद व्यक्त गरेको एमालेले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई करबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…