दार्चुला घटनाबारे नेपालबाट औपचारिक जानकारी छैन, मिडियामा मात्र सुनेको हो : भारत

नयाँदिल्ली । दार्चुलाको तुइन घटनाबारे नेपाल सरकारले कुनै जानकारी नगराएकाले त्यसबारे भारतले केही नबोल्ने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले यो विषयमा मिडियाबाट केही सुनेको तर औपचारिक रुपमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।

‘त्यहाँको घटना मिडियामार्फत सुनेका छौं । तर हामीसंँग कुनै अफिसियल खबर छैन । नेपालमा इन्टरनल रुपमा केही भएको हो वा छानबिन भएको भन्ने पनि मलाई थाहा छैन,’ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कान्तिपुरले सोधेको प्रश्नको जवाफमा प्रवक्ता बाग्चीले भने, ‘नेपाल सरकाबाट केही जानकारी आइनसकेकोले यसबारे म केही भन्न सक्दिनँ ।’उनले यो विषयमा भारतभित्र पनि कुनै अनुसन्धान भएको नभएकोबारे पनि केही जानकारी नभएको बताए ।

‘मलाई कसैले केही भनेको छैन, मिडियामा मात्र पढेको छु । भारतभित्र आन्तरिक अनुसन्धान भए/नभएकोबारे पनि सूचना छैन, भारतको राजदूतावासमार्फत केही आउला अनि मात्र हामीले यसबारेमा केही हेर्नेछौं ।’

उनले यो विषयमा फरक फरक धारणाबाट कुरा आइरहेको बताए । ‘धेरै मानिसले उक्त घटनालाई एउटा र केही फरक दृष्टिकोणले बताइरहेकाले ठ्याक्कै सही कुरा के हो मलाई थाहा छैन ।’

भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले तुइन चुडाइँदिँदा जयसिंह धामी बेपत्ता भएका थिए । यस सम्बन्धमा गृह मन्त्रालयको छानबिन टोलीले कूटनीतिक पहलमार्फत घटनामा संलग्नलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन सुझाव दिएको थियो । उक्त सुझावअनुसार गृह मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएको छ । कान्तिपुरबाट 

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…