दाङमा कार बगायो, दुई दिदीबहिनीसहित चार जनाको मृत्यु

घोराही, १७ भदौ । दाङमा बाढीले कारलाई बगाउदा चार जनाको मृत्यु भएको छ । घोराही लमही सडकखण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले बुधबार राती पौने १० बजे कार बगाउँदा एकै घरका दुई दिदिबहिनीसहित चार जनाको मृत्युभएको हो ।

चालकलाई भने घाईते अवस्थामा प्रहरीले उद्धार गरेको छ । रुपैडिया बजार पुगेर समान किनमेल गरि फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३– ०१–०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो ।

घटनामा परी घोराही उपमहानगरपालिका १३ का ३२ बर्षिया सुशिला श्रेष्ठ र घोराही उपमहानगरपालिका १४ का ३० बर्षिया राधा श्रेष्ठ कुवरको शव घटनालगत्तै प्रहरीले फेला गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।

मृतक राधा र शुसिला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुनुुहुन्छ । बाढीमा बेपत्ता भएका घोराही उपमहानगरपालिका १३ का ४० बर्षिया रितामाया पुन र घोराही उपमहानगरपालिका १४ का ४२ बर्षिया विमला केसीको शब विहिबार बिहान घोराही उपमहानगरपालिका ३ बेलुवामा फेला परेको प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिनुभएको छ ।

चालक घोराही उपमहानगरपालिका १५ का ४० बर्षिय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

 

 

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…