साहरुखले लिए सय करोड पारिश्रमिक

बलिउडमा नायक तथा नायिकाहरुले लिने पारिश्रमिक निक्कै महंगो छ । अहिले नाम चलेका सुपरस्टारहरु ५० करोड भन्दा बढीको पारिश्रमिक वुझ्ने गर्दछन् । आज भन्दा ७ दशक अगाडि बलिउडका सफल नायक दिलिप कुमारले १ लाख पारिश्रमिक वुझेका थिए ।

सन् १९४० मा बलिउडमा पाइला राखेका दिलिप कुमारले एक दशकमै आफूलाई सुपरस्टारको स्थानमा उभ्याएका थिए । उनै, दिलिपले चलचित्रमा काम गरेवापत पहिलो पटक १ लाख पारिश्रमिक वुझेका थिए । दिलिप भन्दा अगाडि कुनै पनि नायकले एक लाख पारिश्रमिक लिएका थिएनन् ।

दिलिप कुमारको निधन केही महिना अगाडि मात्र भयो । उनको ६ सय २७ करोड सम्पत्ती रहेको बताइन्छ । दिलिप कुमार पाली हिल बान्द्रामा आलिसान बंगलामा बस्दै आएका थिए । दिलिप कुमारले आफ्नो सम्पत्तीको अधिकांश हिस्सा च्यारेटीमा खर्च गरेका थिए ।

उनै, दिलिपले पहिलो पटक एक लाख पारिश्रमिक वुझेको ७ दशकपछि नायक साहरुख खानले १ सय करोड पारिश्रमिक वुझेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार, साहरुखले यशराज ब्यानरको लगानीमा निर्माण भैरहेको चलचित्र ‘पठान’का लागि एक सय करोड पारिश्रमिक वुझेका हुन् । यो चलचित्रमा साहरुखको रोमान्ससँगै दमदार एक्सन दृश्य समेत हेर्न सकिन्छ ।

चलचित्रमा साहरुखसँगै दिपिका पादुकोण र जोन अब्राहिमको मुख्य भूमिका छ । बलिउडमा सुपरस्टारहरु सलमान खान, अक्षय कुमार, आमिर खानले ५० देखि ६० करोड हारहारीको पारिश्रमिक वुझ्दै आएका छन् ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…