साउथ अफ्रिकामा देखिएको कोभिड १९ को नयाँ भेरियन्ट

काठमाडौँ । विश्वभर फैलिरहेको कोभिडका भेरियन्टहरूमध्ये अहिलेसम्म डेल्टा भेरियन्ट बढी संक्रामक मानिएको छ । तर यो भेरियन्टभन्दा पनि बढी संक्रामक रहेको नयाँ भेरियन्ट ‘सी.१.२’ दक्षिण अफ्रिकामा देखिएको रिपोर्टहरु बाहिरिएपछि यसले चिन्ता बढाएको छ । यो भेरियन्ट कति खतरनाक तथा संक्रामक हुने हो भन्ने विषयमा चर्चा र वैज्ञानिक छलफल सुरु भएको छ ।

सोमबार दक्षिण अफ्रिकामा रहेको नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजले सी.१.२ को बारेमा ध्यानाकर्षण गराएको हो । यो भेरियन्ट दक्षिण अफ्रिकाका सबै प्रान्तमा देखिएको छ । तर, संक्रमण दर भने कम छ ।

वैज्ञानिकहरुले यसमा किन पनि चासो देखाएका छन् भने यो भेरियन्ट थोरै जनसंख्यामा देखिएपनि यसको अनुवांशिक परिवर्तन (म्युटेसन) ‘भेरियन्ट अफ इन्टरेस्ट’ र ‘भेरियन्ट अफ कन्सर्न’ देखिए जस्तै पाइएको र थप जेनोम समेत भेटिएको दाबी भइरहेको छ ।

युनिभर्सिटी अफ सिड्नी सेन्ट्रलले क्लिनिकल स्कुलको इम्युनोलोजी तथा इनफेक्सियस डिजिजकी भाइरोलोजिस्ट तथा प्राध्यापक डा. मेगान स्टियनले भेरियन्ट अफ कन्सर्न तथा इन्टरेस्टमा देखिएको केही म्युटेसन यसमा पनि रहेको बताइन् ।

‘म्युटेसन देखिएसँगै हामीले यो भेरियन्टलाई नियाल्न जरुरी छ । यसले संक्रमण छिटो हुने तथा रोगप्रतिरोधी प्रतिक्रियामा प्रभाव पार्न सक्छ,’ उनले भनिन् । उनका अनुसार वैज्ञानिकहरुलाई प्रयोगशाला परीक्षणमार्फत यस भेरियन्टलाई जान्न अझै समय लाग्नेछ ।

यो कतिको संक्रामक र यसले खोपको प्रभावकारितामा के प्रभाव पार्ने हो भन्नेमा प्रमाण आउनै बाँकी छ । यो पहिलोपटक मे महिनामा देखिएको थियो ।

यो भेरियन्ट दक्षिण अफ्रिका तथा अफ्रिका, युरोप, एसिया तथा ओसियानामा देखिएको पुष्टि भइसकेको छ । अनुसन्धानकर्ताहरुका अनुसार यो म्युटेसनको समूह खतरनाक बन्ने हो वा होइनमा अझै यकिनका साथ भन्न सकिन्न ।

भाइरसहरु म्युटेट भइरहन्छन् । तर, धेरै म्युटेसन हुनु भनेको भाइरस खतरनाक भइहालेको भन्न मिल्दैन । कुनै म्युटेसनले भाइरसलाई कमजोर पनि बनाउँछन् ।

साउथ अफ्रिका नेशनल इन्स्टिच्युट फोर कम्युनिकेबल डिजिजका भाइरोलोजिस्ट पेनी मोर भन्छन् –‘हामीले यो भेरियन्टलाई नियालिरहेका छौं । हामी तत्काल यस भेरियन्टले कोभिड विरुद्धको खोप पाएपश्चात अथवा कोभिड संक्रमणले एन्टिबडी तटस्थिकरणमा पारेको प्रभावबारे आँकलन गर्दैछौं,’ उनले भने ।

विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई भेरियन्ट अफ इन्टरेस्ट अथवा भेरियन्ट अफ कन्सर्नमा सूचिकृत गरिसकेको छैन । संगठनले अहिलेसम्म ४ वटा भेरियन्ट अफ कन्सर्न छुट्याएको छ । जुन छिटो संक्रमण फैलिन्छिन् र सिकिस्त पनि बनाउँछन् । ‘अल्फा’, ‘बिटा’, ‘गामा’, ‘डेल्टा’ । भेरियन्ट अफ इन्टरेस्टमा ‘इटा’, ‘कापा’, ‘लाम्बडा’, ‘थिटा’, ‘लोटा’ संक्रामक मानिएका छन् ।

विश्व स्वास्थ्य संगठनकी कोभिड १९ की प्राविधिक प्रमुख मारिया भेन र्ककोभाका अनुसार सी.१.२ भेरियन्टबाट एकदम कम मानिसमा संक्रमण भएको छ । ‘यो समयमा यो भेरियन्ट संक्रमणको उच्च विन्दुमा पुग्दैन । केही परिवर्तन भए हामी संगठनको वेबसाइटमा अपडेट गरिरहन्छौँ ,’ उनले भनिन् । मारिया भन्छिन्–‘ यो भेरियन्टको निगरानी तथा आँकलन गर्दैछौं ।

साथै यो भेरियन्टको उत्पत्तिको बारेमा पनि हामी बुझ्दैछौँ । अहिलेसम्म त डेल्टा नै हाबी देखिन्छ । हालसम्म बेटा र गामाभन्दा अल्फा र डेल्टाले छिटो संक्रमण फैलाएका देखाएका छन् ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…