काबुलस्थित अमेरिकी दूतावास बन्द, अफगानिस्तान हेर्ने गरी कतारबाट दूतावास सञ्चालन गर्ने

वासिङ्टन । अमेरिकाले अफगानिस्तान हेर्ने गरी कतारबाट दूतावास सञ्चालन गर्ने भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको काम सकिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानमा नयाँ ढंगले कूटनीतिक मिसन सुरु गरिएको बताएका छन् ।

उनले काबुलस्थित अमेरिकी दूतावास बन्द गरिएको बताए । उनले अफगानिस्तान हेर्ने गरी काबुलको दूतावास कतारको दोहामा स्थानान्तरण गरिएको जानकारी दिए ।

अमेरिकी नागरिकलाई सम्बोधन गर्दै विदेशमन्त्री ब्लिंकेनले भने, ‘अफगानिस्तानबाट अमेरिकी सेनाको अन्तिम उडान सम्पन्न भएको छ । हाम्रा सबै सैनिकले अफगानिस्तान छाडिसकेका छन् । अब अफगानिस्तानँग अमेरिकी कूटनीतिक सम्बन्धले नयाँ अध्याय सुरु भएको छ । सैनिक अभियान पूरा भएको छ । अब एक नयाँ कूटनीतिक मिसन सुरु भएको छ ।’

उनले अफगानिस्तानबाट करिब १ लाख २३ हजार मानिसलाई सुरक्षित रुपमा उद्धार गरिएको पनि जानकारी दिए । त्यसमा करिब ६ हजार अमेरिकी सैनिक रहेको पनि उनले बताए । उनले काबुलबाट अमेरिकी दूतावास कतारको दोहामा सारिएको र छिट्टै नै त्यसको जानकारी कंग्रेसलाई दिइने पनि बताए ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…