अफगानिस्तानमा अमेरिकाको उद्धार अभियान समाप्त, यसरी ता’लिबानले मनाए विजय उत्सव

काठमाण्डाै । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना बाहिरिएको बताएको छ। दुई दशक लामो यु’द्ध पछि अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएको हो।

तालिबानले अफगानिस्तानलाई कब्जामा लिए पछि त्यहाँबाट एक लाख २३ हजार नागरिकलाई उद्धार गर्न सफल भएको अमेरिकी सेनाले जनाएको छ ।

विद्रोही समूह ता’लिबा’नलाई परास्त गर्न भन्दै २० वर्ष अघि अमेरिकाले आफ्ना सेनालाई अफगानिस्तानमा खटाएको थियो । तर, राष्ट्रपतिमा जो बाइडेन आएसँगै अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने घोषणा गरेको थियो । अमेरिकी सेनाले अफगानिस्तान छोड्न थालेसँगै तालिबान सक्रिय भएको थियो ।

ग्रामीण क्षेत्रमा मात्रै सीमित भएको तालिबानले त्यसपछि सहर केन्द्रित आक्रमण गर्न थाल्यो । गएको साउन ३१ गते तालिबानले राजधानी काबुललाई नियन्त्रणमा लिएपछि त्यहाँ फसेका आफ्ना नागरिक र सेनाको उद्धारका लागि अमेरिकाले आजसम्मको समय पाएको थियो ।

यसैबीच, अमेरिकाले काबुलमा भएको ड्रो’न आ’क्रम’णका बारेमा पनि अनुसन्धान भइरहेको जनाएको छ । विद्रोही समूह आईएसको रकेट आक्रमणलाई रोक्न अमेरिकाले ड्रोन आक्रमण गरेको थियो ।

यो आक्रमणमा बालबालिकासहित केही नागरिकको ज्यान गए पछि यसबारे अनुसन्धान थालिएको हो । अमेरिकी सेना बाहिरिएसँगै तालिबानले उत्सव मनाउन थालेको छ । अफगानिस्तानबाट बाहिरिएसँगै अफगानिस्तान, सिरिया, इराक र यमनमा विद्रोहीलाई परास्त गर्न अमेरिका सफल भएको विश्लेषण गरिएको छ ।

सन् १९४५ सम्म अमेरिकाले लगभग ठूला यु’द्ध जितेको थियो । तर, त्यस पछि कमै मात्र युद्धमा अमेरिकाले जित आफ्नो पक्षमा पारेको बीबीसीले जनाएको छ ।

तालिबानले मनाए विजय उत्सव

 

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले अफगानिस्तानमा अमेरिकी सैनिक मिसन सकिएको र आउने समयमा कूटनीतिका माध्यमबाट सम्पर्क निरन्तर जारी राख्ने बताएका छन्।

अमेरिकी सेनाको अन्तिम जहाज काबुलबाट उडेपछि दुई साताअघि सत्ता क’ब्जा गरेका तालिबानहरूले विजय उ’त्सव मनाएका छन्।अमेरिकाले अफगानिस्तान छोडेको खुसियालीमा मध्यरातमा उनीहरूले काबुल सहरका विभिन्न ठाउँमा बन्दुक प’ड्का’एका थिए।

‘अमेरिकाका अन्तिम सैनिकहरू काबुल विमानस्थलबाट गएका छन् र हाम्रो देशले पूर्ण स्वतन्त्रता पाएको छ, अल्लाहलाई धन्यवाद!,’ तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले ट्वीटरमा भनेका छन्।

अमेरिकी सेना फिर्ता गएसँगै अफगानिस्तानमा नयाँ युगको सुरूआत भएको छ। अब तालिबानहरूले नयाँ सरकार गठन गर्ने छन्।

सन् १९९६ देखि २००१ सम्म सत्ता चलाएका तालिबानहरू मुस्लिम कट्टरपन्थी विचारधारामा विश्वास गर्छन्। तालिबानको नयाँ शासनमा महिलाहरूलाई कसरी व्यवहार गरिन्छ भन्ने मुख्य चासोको विषय छ किनभने तालिबानहरू महिलाहरूलाई पढ्न प्रतिबन्ध लगाउँछन् भने बाहिर काम गर्न पनि दिँदैनन्।

 

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…