नेपाल एक बहुराष्ट्रिय राष्ट्र हो, राज्य पुनः संरचना सच्याउन आवश्यक छ : यादव

भैरहवा — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्य पुनः संरचना सच्याउन आवश्यक भएको बताएका छन् । जसपाले आइतबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले तराई र मधेसका जिल्लालाई मिसाएर प्रदेशहरु बनाइएको हुँदा समस्या भएको बताए ।

राज्य पुनः संरचना गलत हुँदा नागरिकमा भाषाको समस्या भएको उनले बताए । ‘हिन्दीमा बोल्दा पहाडका साथीहरुले, नेपालीमा बोल्दा मधेशका साथीहरुलाई भाषा बुझ्न् गाह्रो हुन्छ, यो राज्य पुनर्संरचना गलत हुँदा भएको हो,’ यादवले भने ।

नेपाल बहुराष्ट्रिय राष्ट्र भएको भन्दै यादवले सबै समुदायको पहिचान र अधिकारका लागि राज्य पुनः संरचना आयोगको प्रतिवेदनका आधारमा ११ प्रदेश बनाउनुपर्नेमा जोड दिए । ‘त्रुटिपूर्ण र विभेदकारी संविधान संशोधन गर्नुपर्छ, सात प्रदेशको संरचना बदल्नुपर्छ,’ नेता यादवले भने ।

राज्यले विपन्न वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने यादवले बताए । केपी ओलीले दुई पटक संसद् विघटन गरेर संविधानमाथि ‘कु’ गरेको तर आफूहरूले त्यसलाई असफल बनाइदिएको यादवले बताए । प्रतिनिधिसभा पुनःस्थापनले गणतन्त्र संघीयता समावेशिता बचेको भन्दै यादवले थप अधिकारका लागि संविधान संसोधन गर्नुपर्ने बताए ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसद हुने शासकीय प्रणाली पार्टीको एजेण्डा रहेको भन्दै यादवले महँगो निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । नागरिकता विधेयक परिमार्जन गरी सबै नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने पनि यादवले बताए ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…