काबुल विमानस्थलमा पानीको बोतलको ५ हजार, १ थाल भात खाएको मूल्य १२ हजार रुपैयाँ

काठमाडौं। अफगानिस्तानमा तालिबानको नियन्त्रण भएसँगै देश छाडेर बाहिरिन चाहनेहरुको भिड काबुल विमानस्थलमा भरिएको छ । काबुल विमानस्थलमा ठूलो संख्यामा विदेशी नागरिकहरुसँगै अफगानीहरु पनि भरिएका छन् ।

यी सबै काबुलबाट बाहिरिन आफ्नो पालो आउने प्रतिक्षामा छन् । यसरी प्रतिक्षामा बसेकाहरु भोक र प्यासले मर्ने अवस्थाको सृजना भएको छ ।

काबुलमा यो अस्तव्यस्तताका कारण २० जनाको मृत्यु भइसकेको छ । मानिसहरु खाना र पानीसमेत नपाउने अवस्थामा पुगेका छन् । विमानस्थल बाहिर एक थाल भातको मूल्य १०० डलर अर्थात झण्डै १४ हजार रुपैयाँ पर्न थालेको छ ।

यस्तै १ बोतल पानीको मूल्य ४० डलर अर्थात ५ हजार रुपैयाँसम्म पुगेको छ । यहाँ अफगानिस्तानको मुद्रा समेत लिइँदैन । पानी र खानाको लागि अमेरिकी डलरमा मात्र कारोबार भइरहेको बेलायती मिडिया इन्डिपेन्डेन्टले जनाएको छ ।

अफगानिस्तानमा तालिबानको नियन्त्रण हुन सक्ने आशंकामा विगत केही महिनायता अमेरिकासहितका अन्य देशहरुले डलर पठाउन बन्द गरेका थिए ।

यसकारण अफगानिस्तानमा अहिले डलरको अत्यन्तै अभाव छ । तर, विमानस्थलबाहिर खाना र पानी किन्नको लागि अनिवार्य डलर नै तिर्नुपर्ने अवस्था छ । अफगानी मुद्रा चल्न छाडेपछि यहाँ मानिसहरु डलरको अभावमा खाना र पानीबिना तड्पिनुपरेको छ ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…