४ करोड ३० लाख वर्षअघि यस्तो हुन्थ्यो ह्वेल माछा ! तीन मिटर लामो ६ सय किलो तौल

आजभन्दा ४ करोड ३० लाख वर्षअघि पानी र जमिन दुवै ठाउँमा बस्न सक्ने ह्वेल माछा पाइन्थ्यो । इजिप्टका वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार आजभन्दा ४३ मिलियन वर्ष अगाडि ह्वेलमाछा उभयचर प्राणीको रुपमा थियो । उसका चारवटा खुट्टा थिए । यस्तो उभयचर ह्वेललाई इजिप्टमा मृत्युको देवता अर्थात् एनुबिसको नामले चिनिन्छ ।

तीन मिटर लामो ६ सय किलो तौल

समाचार एजेन्सी सिन्ह्वाका अनुसार इजिप्टको उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धान मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै चार करोड ३० वर्ष अगाडिको उभयचर ह्वेल माछाको बारेमा जानकारी दिएको हो ।

इतिहासमा पहिलोपटक इजिप्टका वैज्ञानिकहरुले ह्वेलको नयाँ प्रजातिको दस्तावेजीकरण गरेको सिन्ह्वाले उल्लेख गरेको छ । उक्त ह्वेल माछाको लम्बाई तीन मिटर तथा शरीरको तौल ६ सय किलोग्राम थियो । उक्त ह्वेल जमिनमा हिड्नुका साथै गोही तथा स साना स्तनधारी जस्तै पानीमा पौडिन पनि सक्दथ्यो ।

शोधकर्ता टोलीको सुरपरीवेक्षण गर्ने उभयचर प्राणीविद् हिसाम सल्लमका अनुसार जिवावशेष विज्ञहरुले सन् २००८ मा इजिप्टको फेयूम डिप्रेसनमा एक अभियानका क्रममा ती जिवाश्महरुको पनि खोज गरेका थिए । जुन पाँच करोड ६० लाखदेखि तीन करोड ३९ लाख वर्ष पुरानो इयोसिन युगका समुद्री जीवका जिवाश्मका लागि प्रसिद्ध छन् ।

सोधकर्ताहरुले इजिप्टभित्र र बाहिर समेत ह्वेलका नमूनाका साथै जिवाश्महरुको तुलना गरेसँगै अध्ययनको दस्तावेजीकरण तथा रेकर्ड गर्नका लागि ४ वर्षको समय लिए ।

उक्त उभयचर ह्वेलको प्रजातिको नाम वैज्ञानिकहरुले फियोमिसेटन एनबिस राखेका छन् । प्राचीन मिश्रको सभ्यतामा मृत्यु तथा ममीकरणका देवताको नाम एनबिस रहेको थियो । यो ह्वेलको प्रजातिलाई अफ्रिकामा हालसम्म पत्ता लागेको सबैभन्दा पूरानो ह्वेलको प्रजाति मानिएको छ ।एजेन्सी

 

भर्खरै प्रकाशित

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…