एक कार्यकाल भन्दा बढी अध्यक्ष पदमा बस्दिनँ : नेपाल

शनिबार ललितपुरमा आयोजित पेशागत महासंघको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जसरी पनि कुर्सीमा बस्न नखोज्ने बताए। “जसरी पनि सत्तामा, कुर्सीमा टिकिरहने गरी बसिनेछैन,” अध्यक्ष नेपालले भने, “एक कार्यकाल भन्दा बढी म पार्टीको नेतृत्वको अध्यक्ष पदमा बस्नेवाला छैन।”

अध्यक्ष नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै भने, “यो अरुको जस्तो नक्कली घोषणा होइन।”

अन्य पार्टीमा जस्तो वर्षौवर्ष एउटै व्यक्तिले नेतृत्वमा बस्नुपर्ने अवस्था नयाँ पार्टीमा अन्त्य हुने उनको भनाइ थियो। “नयाँ पुस्ताका व्यक्ति योग्य र सक्षम बन्दै आउँदैछन्। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जानेछौं,” नेपालले भने।

उनले एमालेमा भएका कमिकमजोरी एकीकृत समाजवादीमा नदोहोरिने बताए। “यो पार्टी पुरानो भइसकेको एमालेभन्दा भिन्न हुनेछ। त्यसका गल्ती कमजोरीबाट मुक्त हुनेछ,” नेपालले भने।

यससँगै पार्टीमा सामुहिक नेतृत्व प्रणालीलाई अबलम्बन गरिने नेपालको भनाइ थियो। त्यसमा पनि युवालाई प्राथमिकतामा राखिने उनले बताए।

उनले एमाले बस्ने कि एकीकृत समाजवादीमा लाग्ने भन्ने दोधारमा नरहने नेता-कार्यकर्तालाई आग्रह गरे। “दुई नाउमा खुट्टा नराख्नुस, मध्यमार्गी कोही नबन्नुस्। एउटा नाउमा खुट्टा राख्नुस, सागर पार गरिन्छ,” नेपालले भने, “आत्तिनु पर्ने केही छैन। सबैभन्दा सही बाटोमा हामी छौं।”

उनले एमाले अध्यक्ष ओलीलाई अझै पनि सच्चिन आग्रह गरे। “अहिले पनि भन्छु, केपी ओलीजी सुध्रिनिुस्, प्रतिगमनको क्रियाकलापप्रति आत्मआलोचना गर्नुस्।”

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…