७० वर्ष पुग्‍न लागियो, अब पार्टी नेतृत्वबाट बिदा हुने इच्छा छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पार्टी नेतृत्वको भूमिकाबाट बिदा हुने इच्छा व्यक्त गरेका छन् ।

उमेरका हिसावले आफू ७० वर्षको नजिक पुगिसकेकाले पनि अब युवाहरुलाई पार्टीको नेतृत्व लिन आग्रह गरे । शनिबार माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“उमेरका हिसावले हामी ७० वर्ष आसपासमा छौँ । संविधान, राष्ट्रियता र लोकतन्त्रको रक्षालाई अघि बढाउने जिम्मा अब तपाइँहरुको हो। तर तपाइँहरु नेतृत्व लिन तयार नभएसम्म छाड्न मिल्दैन” प्रचण्डले भनेका छन् । प्रचण्डले अब पार्टीको भूमिकाबाट बिदा भएर संस्मरण लेख्ने इच्छा रहेको समेत बताएका थिए ।

साथै पार्टीको नेतृत्वबाट बिदा भएर भिन्न भूमिकामा बस्ने इच्छा भएको उनले बताएका थिए । साथै सत्तारुढ गठबन्धन संविधानको रक्षा, राष्ट्रियता र लोकतन्त्र सुदृढिकरणका लागि बनेको बताएका थिए । साथै गठबन्धनलाई बचाइराख्नुपर्ने पनि उनको भनाइ थियो ।

यस्तै एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै निरकुंशता र प्रतिगमनकारी शक्तिलाई परास्त गरेरै मुलुक नयाँ मोडबाट अघि बढेको बताए । तर अझै पनि प्रतिक्रियावादी शक्तिहरुले यो गठबन्धनलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको उनको भनाइ थियो ।

‘प्रधानमन्त्री पदका लागि ओलीले ठगी धन्धा गरेको समेत उनले आरोप लगाए । उनले भने ‘दुई वर्षमा सरकारको जिम्मेवारी मलाई दिने भने तर दिएनन् । तमसुकमा सही हस्ताक्षर गराए तर कार्यान्वयन गरेनन्’ उनले भने ।

यस्तै केपी ओलीसँग पार्टी एकता गरेर आफूले नयाँ ज्ञान प्राप्त गरेको समेत उनको भनाइ थियो । ओलीले संसद विघटन गरेर संविधान र लोकतन्त्रको लागि घात गरेको समेत उनले बताएका थिए ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…