आप्रवासी प्रकृया पूरा नहुँदै अमेरिकामा प्रवेश गरे अफगाननि नागरिक

दशौं हजारलाई अफगानिस्तानबाट खाली गराउने क्र’ममा अमेरिका आउनका लागि आप्रवासी प्रकृया पूरा नभएका वा सुरु नै नगरेका कैयन अफगानीहरु अमेरिकाको विमानस्थलमा आइपुगेपछि उनीहरुलाई पोर्ट अफ इन्ट्रीबाटै सिधै अमेरिका प्रवेशको अनुमति दिइएको छ ।

तर यसरी भागेर अमेरिका आउने अफगानीहरुको अफगानिस्तान छाड्नु अगाडि र अमेरिका प्रवेश गर्नु अगाडि सुरक्षा पृष्ठभूमि जाँच गरेरमात्र अमेरिका प्रवेशको अनुमति दिइएको हो ।

आप्रवासी प्रकृया पूरा नहुँदै वा सुरु नहुदै अमेरिकामा अवतरण गरेकाहरुलाई अस्थायी प्रकारको प्रवेश अनुमति दिइएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयरकासले सीबीपीलाई यसरी पोर्ट अफ इन्ट्रीमा आउने अफगानीहरुलाई व्यक्तिपिच्छेको अवस्था हेरेर अमेरिकामा प्रवेशको अनुमति दिन निर्देशन दिएका थिए । यो कदमले अमेरिकाले उद्दार गर्ने अफगानीहरुलाई सुरक्षा पृष्ठभूमि जाँचपछि २ बर्षसम्म अमेरिका बस्न पाउनेगरी अस्थायी अनुमति प्रदान गर्नेछ ।

तर यो प्रकृयाले अमेरिकामा भविश्यमा पुनस्थापित हुने अफगानीहरुका सन्दर्भमा व्यवहारिक र कानूनी प्रश्न खडा गरेको छ । अफगानीहरुलाई उद्दार गरिएका उडानहरु वासिंटन डिसीमा अवतरण भइरहेका छन् । त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका सीबीपी अधिकारीहरु अफगानीहरुको सुरक्षा जाँच गरेर प्रवेशका लागि अनुमति दिन जिम्मेबार रहेका छन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले भागेर आएका अफगानीहरुको पुनर्वासका लागि अन्य संघीय एजेन्सीहरुसँग समन्वय गर्ने र उनीहरुलाई स्वास्थ्य सेवा तथा सफल पुनर्वासका लागि प्रयाप्त सहयोगमा पहुच कायम गर्ने बताएको छ ।

अमेरिकामा परोलको लामो इतिहास भएपनि अफगानीहरुलाई अमेरिका प्रवेशका लागि दिइएको परोल असामान्य रहेको अध्यागमनविदहरुको भनाई छ । अफगानीहरु अमेरिका आउनु अगाडि नै उनीहरुको शरणार्थी र विशेष भिसा प्रकृया पूरा गर्न प्रयाप्त समय भएपनि अन्तिम समयमा आएर दौडधुप गरिएको अध्यागमनविदहरु बताउँछन् ।

पोर्ट अफ इन्ट्रीबाट अफगानीहरुलाई अमेरिका प्रवेशको अनुमति दिइएपछि उनीहरुले अमेरिका आएर युएससीआईएसमार्फत आफ्नो अध्यागमन अवस्थाका लागि आवेदन दिन सक्नेछन् । तर पहिले नै अमेरिकामा परोलमा आएकाहरुलाई शरणार्थीका रुपमा मान्यता दिनका लागि पनि कानूनी चुनौती रहेको छ । किनभने शरणार्थीका रुपमा अमेरिका आउनका लागि विदेशमै रहदा त्यसको प्रकृया पूरा गर्नुपर्ने प्रावधान रहेको छ ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…