अमेरिकी ड्रोन आ’क्रमणपछि एकैदिनमा मा’रिए काबुल वि’ष्फोटका प्रमुख योजनाकार

काठमाडौं । अमेरिकाले पूर्वी अफगानिस्तानमा गरिएको ड्रोन आ’क्रमणमा काबुल विमानस्थलमा भएको आ’त्मघाती बम वि’ष्फोटका प्रमुख योजनाकार मारिएको दाबी गरेको छ ।

अमेरिकी सेनाका अनुसार इस्लामिक स्टेट खुरासन (आईएस-के) लाई लक्षित गरिएको नान्गहार प्रान्तमा उक्त ड्रोन आ’क्रमण गरिएको हो । आईएस-के आतंकवादी संगठन आईएसको खुरासन प्रान्तको एक भाग हो ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा भएको आक्रमणको मूल्य आईएस-केले चुकाउनुपर्ने चेतावनी दिएका थिए । अमेरिकी सेनाले आईएस-केलाई लक्षित गरी गरिएको ड्रोन आ’क्रमणमा कोही पनि सर्वसाधारणको मृ’त्यु नभएको बताएको छ ।

बिहीबार काबुलको विमानस्थल बाहिर भएको आ’त्मघाती बम विष्फोटको जिम्मेवारी आईएस-केले लिएको थियो । उक्त आक्रमणमा १७० जनाको मृ’त्यु भएको थियो । जसमा १३ अमेरिकी सैनिक सामेल छन् । यो आ’क्रमणसँगै विभिन्न मुलुकले अफगानिस्तानबाट आफ्ना नागरिक उद्धारको कार्य रोकिसकेका छन् । अमेरिकाले भने आ’क्रमणले उद्धारको कार्य नरोकिने बताएको छ ।

तालिबानले अफगानिस्तानलाई आफ्नो नि’यन्त्र’णमा लिएसँगै अहिले अफगानिस्तानबाट उद्धारको काम चलिरहेको छ । पछिल्लो दुई सातामा अमेरिकाले एक लाखभन्दा धेरै मानिसलाई अफगानिस्तानबाट उद्धार गरेको बताएको छ ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…