म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले शुक्रबार क्रिस्टियानो रोनाल्डोलाई युभेन्ट्सबाट भित्र्याउन सफल भएको घोषणा गरेको छ । ओल्ड ट्राफोर्ड छाडेर रिएल म्याड्रिड गएको १२ वर्षपछि पोर्चुगिज स्टार रोनाल्डो पुनः युनाइटेड फर्किएका हुन् ।

‘युभेन्ट्ससँग क्रिस्टियानो रोनाल्डोलाई सम्झौता गराउन सफल भएको पुष्टि गराउन पाउँदा म्यानचेस्टर युनाइटेड निकै खुसी छ । व्यक्तिगत सर्तहरू, भिसा र मेडिकललगायतका प्रक्रिया पूरा हुन बाँकी छ,’ युनाइटेडले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘क्रिस्टियानोलाई म्यानचेस्टरमा स्वागत गर्न क्लबका सबै प्रतीक्षारत छन् ।’

२४ घण्टाअगाडि मात्र युनाइटेडको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीले रोनाल्डोलाई भित्र्याउने पक्काजस्तै भइसकेको थियो । त्यसयता रोनाल्डोलाई लिन युनाइटेड लिन लागिपरेको हो ।

इंग्ल्यान्डका कप्तान ह्यारी केनलाई लिन असफल रहेपछि सिटी रोनाल्डोलाई भित्र्याउने कसरतमा थियो । तर, शुक्रबारको पत्रकार सम्मेलनमा युनाइटेड व्यवस्थापक ओले गनर सोल्सायरले रोनाल्डो यस क्लबको अहिलेसम्मकै उत्कृष्ट खेलाडी भएको बताउँदै उनको आगमनको संकेत गरेका थिए ।

सन् २००३ देखि २००९ सम्म खेल्नेक्रममा रोनाल्डोले युनाइटेडलाई तीन प्रिमियर लिग र एक च्याम्पियन्स लिगको उपाधि दिलाउन विशेष भूमिका खेलेका थिए । त्यसक्रममा उनले २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । इटालियन सञ्चारमाध्यममा जनाइएअनुसार युनाइटेडले रोनाल्डोलाई २ करोड ८० लाख युरोमा किनेको हो ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…