राप्ती प्रादेशिक अस्पता : राजनीतिक प्रतिशोध साध्न एमाले कार्यकर्ताले मेसुलाई कालोमोसो दले

  • केदार गौतम

एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै एमालेबाट विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधव नेपाल समर्थकको द्व’न्द्व स्वास्थ्य क्षेत्रमा पनि देखिएको छ ।

ओलीलाई सत्ताबाट हटाउन निर्णायक भूमिका खेल्नुभएका नेता माधव कुमार नेपालप्रति ओली समूहका कार्यकर्ताहरु आ’क्रामक बनेका उदाहरण धेरै छन्।

एमाले विद्यार्थी नेताले राजनीतिक प्रतिशोध साध्नकै लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन(मेसु) विनोद सिंहलाई कालोमोसो दलेका छन्।

ओलीनिकट एमाले अखिलका दाङ जिल्ला अध्यक्ष सर्जन परियारको नेतृत्वमा रहेको टोलीले शुक्रबार दिउँसो कार्यकक्षमै पुगेर अस्पतालका मेसु विनोद सिंहलाई कालोमोसो दलेको हो।

राप्ती प्रादेशिक अस्पतालका हाडजोर्नी विशेषज्ञ डा.ओम अर्यालका अनुसार परियारको टोली अस्पतालको सेवा सुविधा राम्रो नभएको भन्दै अस्पतालमा आएका थियो। एक ६०/६५ वर्षका वृद्धलाई साथमा लिएर अखिलका नेता परियारको टोली मेसु डा. विनोद सिंहको कार्यकक्षमा आएको थियो।

आफू अपरेशन थिएटरबाट निस्किएर आउँदा मेसुको कार्यकक्षमा केही व्यक्तिहरुको समूह छलफल गरिरहेको देखेको डा.अर्यालले हेल्थपाटीसँग बताउनुभयो।

उक्त समूहले अस्पतालमा कल्चर परीक्षण लगायतका सेवा किन भएन ? भनेर प्रश्न गरिरहेको थियो । मेसु सिंहले जनशक्ति पनि नभएको र स्थान समेत नभएकाले त्यसका लागि पहल भइरहेको बताउनु भएको थियाे। छलफल चलिरहेका बेला समूहमा आएका केही व्यक्तिले मेसु सिंहलाई कालोमोसा दलेर कार्यकक्षबाट बाहिरिएका थिए ।

उनीहरुसँगै आएका ती वृद्धले आफू अस्पतालमा परीक्षणका लागि आएको जानकारी दिए। विद्यार्थी नेता परिवार नेतृत्वको टोलीले हामीसँग हिड्नुस् भनेपछि उनीहरुको साथ गएको तर उनीहरुको नियतबारे आफू अन्जान रहेको जानकारी दिएको डा.अर्यालले बताउनुभयो ।

आ’क्रमणको कारण राजनीतिक प्रतिशोध

मेसु सिंहमाथि आ’क्रमण हुनुको मुख्य कारण राजनीतिक प्रतिशोध रहेको राप्ती अस्पताल स्रोतले जानकारी दिएको छ । स्रोत अनुसार राप्ती प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष पदम प्रसाद न्यौपाने र अस्पतालका मेसु विनोद सिंह दुवै माधव नेपाल निकट मानिएको छ । सोही रिसिबीका कारण ओली समूहका कार्यकर्ताले मेसुमाथि रिस पोखेका हुन् ।

उनीहरु योजनावद्ध रुपमै सिसीमा कालो मोसो दलेर आएको अस्पताल विकास समिति अध्यक्ष पदम प्रसाद न्यौपाने बताउनुभयो । न्यौपानेका अनुसार सर्जन परियार, यज्ञ खड्का लगायत ६ जनाको समूह अस्पतालमा आएको थियो। छलफल चलिरहेका बेला एक्कासी मेसु डा. विनोद सिंहमाथि कालोमोसो दलेर उनीहरु अस्पतालबाट भागेका थिए ।

अस्पताल स्रोतका अनुसार एक विद्यालयका प्रअ रहनुभएका न्यौपानेलाई लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गर्नुभएको थियो । पहिले तटस्थ रहनुभएका न्यौपाने अहिले माधव नेपाल पक्षमा लागेको भनिएको छ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि अस्पतालको मेसु नियुक्त हुनुभएका डा. विनोद सिंह समेत माधव नेपालनिकट नै रहेकाले ओली समूहले त्यसको रीस फेर्न घटना घटाएका हुन् ।

घटना घट्दा आफू अस्पताल बाहिर रहेको अस्पताल विकास समिति अध्यक्ष न्यौपानेले बताउनुभयो । मेसु सिंहले फोनमार्फत जानकारी दिएपछि दाङका प्रमुख जिल्ला अधिकारी, तुल्सीपुर उपमहानगरका मेयर, दाङका अन्य अस्पतालका चिकित्सकसहितको टोली राप्ती प्रादेशिक अस्पतालमा जम्मा भएको थियो।

अस्पतालको बोर्ड बैठक बसेर २ वटा निर्णय गरेको अस्पताल विकास समिति अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो। अस्पतालको बोर्ड बैठकले घटनाप्रति खेद प्रकट गर्दै दोषी उपर कडा कारबाही माग गरेको छ ।

अर्काे निर्णयमा शनिबारसम्म दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा नल्याए आइतबारबाट अस्पतालमा इमर्जेन्सी, प्रसूती र डायलासिस बाहेकका सेवा बन्द गर्ने निर्णय चिकित्सक तथा अस्पताल प्रशासले गरेको न्यौपानेले बताउनुभयाे ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…