यसकारण म्युजिक भिडियोमा काम गर्दैनन् अनमोल केसी

पहिलो चरणको लकडाउनपछि नेपाली चलचित्रको बजार ठप्प छ । डेढ बर्षदेखि नेपाली चलचित्रको काम नहुँदा कलाकारका लागि म्युजिक भिडियो ठुलो राहत बनेको छ । चलचित्रको काम नहँुदा कलाकारहरुले म्युजिक भिडियोमा आफूलाई व्यस्त बनाएका छन् । भिडियोबाट डेढ बर्षमा करोडौं कमाउने केही नायक तथा नायिकाहरु पनि छन् ।

यसमा केही कलाकार भने अपवाद छन् । जसले महंगो पारिश्रमिकको अफर गर्दा पनि भिडियोमा काम गर्ने मन बनाएनन् । यसमा नायक अनमोल केसी पनि पर्छन् ।

अनमोल केसीलाई ७ लाखसम्म पारिश्रमिक दिएर भिडियोमा अफर नभएको होइन । तर, अनमोलले आफूलाई रिजर्भ नै राखेका छन् । पहिलो चरणको लकडाउनपछि अनमोलले चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन भने सकाएका छन् ।

नायक केसीले म्युजिक भिडियोमा काम नगर्नुको बिषयमा अनलाइनखबरसँग भने–‘सबै कलाकारको आ–आफ्नै सोच हुन्छ । म म्युजिक भिडियोलाई उच्च सम्मान गर्छु । भिडियोले दर्शकलाई मनोरञ्जन दिने काम गरिरहेको छ । तर, मलाई चलचित्रमा मात्र देखिऔं भन्ने लाग्छ ।

आफूलाई भिडियोमा काम गर्न मन नपरेको भन्दा पनि चलचित्रको गीतमा मात्र दर्शकमाझ आउने सोच हो ।’ अनमोलले भिडियोका लागि कलाकार तथा प्राविधिकहरुले गरेको कामलाई उच्च सम्मान गर्ने बताए ।

अनमोलले आफ्नो चलचित्र ‘ए मेरो हजुर ४’ दर्शकमाझ चाडै आउने समेत जानकारी दिएका छन् । अनमोल चलचित्र ‘एक्स ९ र पारस’को काम सुरु गर्ने तयारीमा समेत छन् ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…