लोभी र पापीहरु गएपछि जसपाको शुद्धिकरण भयो : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजन नभई शुद्धिकरण भएको बताएका छन् । पार्टी आज जनकपुरधाममा आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई संशोधन गर्नु हुँदै अध्यक्ष यादवले केही व्यक्ति पार्टी छोडदैमा विभाजन भएको भन्न नमिल्ने दावी गरे । उनले लोभी पापीहरुको झुण्ड गए पछि बरु जसपा शुद्धिकरण भएको तर्क दिए ।

पार्टीको निर्णय नमान्ने, आफैले गरेको सहमति तोडने, स्वविवेकले निर्णय गर्न नसक्नेहरुको झुण्डले देश र मधेशको भलो गर्न नसक्ने तर्क गर्नु हुँदै अध्यक्ष यादवले ८० प्रतिशत नेता कार्यकर्ता जसपामै रहेको उल्लेख गरे।

अध्यक्ष यादवले आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई समाप्त गर्दै मुलुकमा प्रतिगमन लाद्न चाहने केपी ओलीको मतियार बनेकाहरु बाट जनताले हिसाव लिने बताए ।

संविधानमा रहेका सकारात्मक पक्षहरुको रक्षा गर्दै संविधान संशोधन मार्फत नाकारात्मक पक्षलाई विस्थापन गर्नु नै जसपाको मुल कार्यभार रहेको उल्लेख गर्दै अध्यक्ष यादवले त्यसका निमित्त मधेशी, आदिवासी , जनजाति, दलित महिला, मुश्लिम लगायतका शोषित वर्ग जसपाको झण्डामुनी गोलबद्ध हुने विश्वास व्यक्त गरे ।

जसपानै समाजवादको केन्द्र रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भने ,‘ समाजवादी भनेर कसैले नाम , नीति वा एजेण्डा बोके पनि समाजवादको केन्द्र जसपा नै हो ।’

कार्यक्रममा बरिष्ठ नेता अशोक राइले मुलुकको पुरानो पार्टीहरु समतामुलक समाज निर्माणको कार्यदिशाबाट भागेका कारण जसपाको जन्म भएको उल्लेख गरे ।

मुलुकमा समाजिक आर्थिक मात्र नभई कानूनी विभेद समेत कायम रहेकाले जसपा ती सबै विभेद अन्त गर्दै समतामुलक समाज निर्माणमा अग्रसर भएको उनको तर्क थियो ।

छाता लिएर आएकाहरु वर्षातको मौसममा छाता समेत छोडेर गएको भन्दै कटाक्ष गर्दै बरिष्ठ नेता राईले भने ,‘ उहाँहरु प्रति दया लागि रहेको छ । प्रतिगमको मतियार बन्नु पर्ने के बाध्यता थियो र ?’

मधेश प्रदेश समितिका अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यकारिणी समिति सदस्य महेन्द्र राय यादव, रेणु यादव, प्रदेश २का मुख्यमन्त्री लालबाबु राउत, राम नरेश राय, नवल किशोर साह, गजाधर यादव, मनिष सुमन , जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह सहितका वक्ताहरुले मन्तव्य राखेका थिए ।

पार्टी सुदृढिकरण, संगडन विस्तार एवं जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…