ओली सरकार जस्तो हावादारी काम गरिन्न, कपिलवस्तुमा ठुलो भ्यु टावर निर्माण गर्ने योजना छ : सोनाम

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले गठबन्धनको सरकारले ओली सरकारले जस्तै हावादारी काम नगरी हुने खालको काम मात्र गर्ने बताएका छन । कपिलवस्तुमा जनता समाजबादी पार्टी नेपालको मायादेबी गाउँपालिका समितिले मुख्यमन्त्री के.सी. सहित नयाँ मन्त्रीहरुलाई पडकीमा स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री केसीले यस्तो बताएका हुन् ।

ओली सरकारले पानी जहाज र घर घरमा ग्यासको पाईप जडान गर्ने ल्याएको कुरा चर्चाका लागि मात्र गरेको भन्दै अहिलेको गठबन्धन सरकारले जनमुखी कार्यक्रम ल्याउने बताए । उनले ओली सरकारले जस्तै आफ्नो पार्टी मुखि एकल कार्यक्रम नल्याई गठबन्धन सरकारले सबैको साझा हुने कार्यक्रम ल्याउने बताए ।

ओलीले बर्तमान गठबन्धनलाई तोडने कोसिस गरेको भन्दै उनले यो गठबन्धन लामो सयम सम्म रहने दाबी गरे । वर्तमान सरकारसंग विकासका लागि काम गर्न कम सय भएको भन्दै उनले ओली सरकारले गरको काम भन्दा ढेड बर्षको अवधि मै राम्रो गरेर देखाउने बताए । वर्तमान सरकारले शिक्षा, स्वास्थय, पुर्वाधार पर्यटन विकासमा जोड दिने उनले बताए ।

कोरोनाको तेश्रो भेरिन्टलाई रोक्न आफनो सरकार जति पनि लागनी गर्न पछि नपर्ने बताए । उनले मुटु र मृगौला रोगीको उपचारमा सहजताकालागि ३ लाख रुपैया दिने बताए । उनले प्राचिन बुद्धकालीन शहरलाई चिनाउन कपिलवस्तुमा ठुलो भ्यु टावर समेत निर्माण गर्ने योजना रहेको बताए ।

उनले कपिलवस्तुको शानको रुपमा रहेको कालानमक धानको उत्पादन बढाउन समेत विशेष कार्यक्रम ल्याउने बताए । सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री तथा पार्टीका केन्द्रिय सदस्य सहसराम यादवले ओली गणन्त्र बिरोध रहेको आरोप लागउदै प्रतिगमनलाई परास्त गर्र्न गठबन्धन सरकार बनेको बताए ।

अहिलको परिीथति निर्माण हुनुमा ओली कै मृख्य दोष रहेको उनले बताए । वर्तमान गठबन्धन सरकारले जनता र संबिधानको रक्षा गरी देशमा विकास गर्ने उनले दाबी गरे। सो अवसरमा पार्टीका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री दान बहादुर चौधरीले वर्तमान सरकारले समाबेशीलाइ बिशेष ध्यान दिनु पर्ने बताए ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…